स्कूल अफ म्यानेजमेन्टको उद्यमी मेला समापन

साझाकुरा
२०८१ जेष्ठ १९, शनिबार ०९:५६

हेटौंडा- बागमती प्रदेश उद्यमी मेला शुक्रबार सकिएको छ । उद्यमशीलतालाई प्रोत्साहित गर्नु र स्थानीय व्यवसायीलाई विचार प्रस्ततु गर्ने र व्यवसायलाई बढावा दिने अवसर प्रदान गरी सहयोग प्रदान र्गे उद्देश्यले मेलाको आयोजना गरिएको थियो ।हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रमुख पुरनबहादुर जोशीको सभाध्यक्षता र बागमती प्रदेश उद्योग वाणिज्य, भूमि तथा प्रशासन सचिव राजेन्द्रकुमार केसीको प्रमुख आतिथ्यमा मेला भएको थियो । बागमती प्रदेशभित्र उद्यमशीलतालाई बढाउन, अवसर र सम्भावना पहिचान गर्दै मेलालाई अझ फलदायी र बहत् बनाउन आइहवले महत्वाकांक्षी उद्यमी, विद्यमान व्यवसायी, लगानीकर्ता र उद्योग विशषे ज्ञलाई प्रेरित गर्न, शिक्षित गर्न र सहकार्य गर्न साझा थलोको रुपमा काम गरेको बताइएको छ ।

कार्यक्रम संयोजक ईशा सिलवालका अनुसार कार्यक्रमलाई दुईभागमा विभाजन गरिएको थियो । पहिलो भाग स्टार्टअप प्याभिलियन थियो जहाँ नवउद्यमीहरुको व्यवसाय प्रदर्शनर्श भएको थियो । उद्यमीहरुले आफ्ना उत्पादन र सेवा बिक्रीवितरण गर्नुका साथै व्यवसायको अद्यावधिक गर्न प्रतिक्रिया समावेश गरिएका थिए । कार्यक्रर्य मको दोस्रो भाग व्यापारीबीच प्रतियोगिता थियो, जहाँ नवउद्यमीहरुले व्यापार उद्योगमा संलग्न उद्योगी तथा व्यायसायी निर्णायक रहेको मञ्चमा आफ्नो उद्यमको बारेमा संक्षिप्तरुपमा प्रस्ततु गरेका थिए ।

उद्योग संध मकवानपुरका अध्यक्ष बद्रीनाथ शर्मा, मकवानपुर उद्योग वाणिज्य संधका उपाध्यक्ष अनिल अग्रवाल लगायतको उपस्थिति थियो । हेटौंडा स्ूल अफ म्यानेजमेन्ट, आइहवबाट ६ उद्यमी, ललितपुर, चितवन, काठमाडौंबाट २÷२ उद्यमी तथा मकवानपुरबाट ५ उद्यमीलगायत म्यानेजमेन्टका विद्यार्थी, शिक्षक, उद्योगी ब्यवसायी गरी कूल एक सय ५० भन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रम उत्कृष्ठ तीन स्टार्टअपलाई पुरस्कारस्वरुप नगद १० हजार रुपैयाँ र बीउपूँजीबापत २ लाख रुपैयाँ उपलब्ध गराइने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*