सुशासनमा माओवादी केन्द्र प्रतिबद्ध छः मन्त्री मोक्तान

साझाकुरा
२०८१ जेष्ठ २२, मंगलवार ११:३०

हेटौंडा-नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले माओवादी केन्द्र मुलुकको सुशासनमा प्रतिबद्ध भएको बताइन् ।मन्त्री मोक्तानले सरकारमा माओवादीको नेतृत्व भएकोले मात्र सुशासनको अभियान सम्भव रहेको बताइन् । नेकपा (माओवादी केन्द्र) कैलाश गाउँपालिकास्तरीय जनबर्गीय संगठन र मोर्चाहरु पालिकास्तरीय संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोक्तानले माओवादी केन्द्रको नेतृत्वमा भएका आन्दोलनको उपलब्धि गणतन्त्र भएको र गणतन्त्रको बिकल्प नभएको बताइन् ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् मकवानपुरको जिल्ला ईन्चार्ज विजय गौतमले माओवादीले सुशासनलाई समाजवादयात्राको एउटा अभिन्न अ·को रुपमा लिएको चर्चा गरे । त्यसैगरी माओवादी केन्द्रका जिल्ला संयोजक भीम पाख्रिनले जनबर्गीय संगठनले पार्टी र सरकारको खबरदारी र गरेका राम्रा कामको प्रचार एकसाथ गर्नुपर्ने बताए ।संयुक्त भेलाले सुजाता फुँयालको अध्यक्षतामा २५ सदस्यीय अनेमसंघ (क्रान्तिकारी), दिलिप मोक्तानको अध्यक्षतामा २९ सदस्यीय योङ कम्युनिष्ट लिग नेपाल, रामकृष्ण थिङको अध्यक्षतामा ११ सदस्यीय अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) गठन गरेको छ ।

त्यसैगरी विनोद लोप्चनको अध्यक्षतामा २१ सदस्यीय अखिल नेपाल खेलकुद महासंघ, सुरेश घिमिरेको अध्यक्षतामा १३ सदस्यीय रिटर्नी सेन्टर नेपाल, रामशरण सुनारको संयोजकत्वमा ७ सदस्यीय नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चा गठन गरेको छ । यसैगरी जनक लोप्चनको अध्यक्षतामा २५ सदस्यीय तामाङ राष्ट्रिय मुक्तिमोर्चा, रामचन्द्र चेपाङको अध्यक्षतामा १५ सदस्यीय चेपाङ राष्ट्रिय मुक्तिमोर्चा र शेरबहादुर दर्लामीको अध्यक्षतामा ९ सदस्यीय मगर राष्ट्रिय मुक्तिमोर्चा गठन भएको छ । कार्यक्रममा वाईसियल नेपाल मकवानपुरको इन्चार्ज कमल गककाउले, माओवादी केन्द्रका प्रदेश सल्लाहकार लालसिं गुरुङ, पालिकाका पार्टी अध्यक्ष बालकुमार मल्ललगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*