हेटौंडाका फुटवल रेफ्री अकिलको निधन

साझाकुरा
२०८१ जेष्ठ २५, शुक्रबार ०९:४५

हेटौंडा-फुटबल खेलका रेफ्री हेटौंडाका अकिललाल श्रेष्ठको निधन भएको छ । बुधबार राती हृदयघातका कारण ४० बर्षीय श्रेष्ठको निधन भएको अखिल नेपाल फुटबल संघ एन्फा केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला अध्यक्ष टीकाराम लामाले जानकारी दिए ।छाती दुखेको भनी बुधबार दिउँसो स्वास्थ्यपरीक्षण समेत गराएका श्रेष्ठ राती भने दुखाई अझ तीव्र भएपछि अस्पताल लिएर जाने क्रममा बाटोमै निधन भएको लामाले बताए । मकवानपुर जिल्ला रेफ्री संघका अध्यक्ष समेत रहेका हेटौंडा–१३ निवासी श्रेष्ठको अन्त्येष्टी बिहिबार हेटौंडा–९ त्रिवेणीधाममा गरिएको छ । रेफ्री श्रेष्ठको निधनमा दुःख व्यक्त गर्दै मकवानपुर जिल्ला फुटबल संघले बिहिबार शोक मनाउँदै जिल्लाभर फुटबलका क्रियाकलाप रोक्न आग्रह गरेको छ । श्रेष्ठको श्रीमती र एक छोरा छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*