‘सुमो विस्थापन नगरी ईभी भित्र्याइए व्यवसाय नै धरासायी हुन्छ’

साझाकुरा
२०८१ जेष्ठ २९, मंगलवार १२:१६

हेटौंडाबाट काठमाडौं जाने यात्रुबाहक साना सवारीहरुले छोटो रुटको रुपमा भीमफेदी–कुलेखानी–सिस्नेरी दक्षिणकाली, कुलेखानी–फाखेल–दक्षिणकाली, कुलेखानी–चन्द्रागिरी–थानकोट र हाल हेटौंडा–ठिंगन–सातदोबाटो प्रयोग गर्दै आएका छन् । वि.सं. २०५९ सालमा हेटौंडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली रुटमा माइक्रो बस सञ्चालन गरेर पृथ्वी राजमार्गको विकल्पको रुपमा यात्रु बोक्ने रुट खडा गरिएको हो ।  त्यसपछि क्रमशः फाखेलको बाटो खोलेर सुमो जीपद्वारा यात्रा ओसारपसार गर्ने कामको सुरुवात भयो । आजभन्दा २० वर्ष अगाडिदेखि सुरु भएको यातायात सेवा अहिले निकै जटिल मोडमा अगाडि बढिरहेको छ ।

पुराना गाडी, बढ्दो यात्रुको चाप, बाटोको दयनीय अवस्था, सवारी चापअनुसार बाटोको चौडाइ बृद्धि र स्तरीकरण हुन नसक्दा दुर्घटनाहरु बढिरहेका छन् । केही कम्पनीहरुले गाडीको नियमित चेकजाँच गरेपनि धेरै गाडीहरु धराप अवस्थाबाट सञ्चालन भइरहेका छन् । भएका सुमो जीपहरु व्यवस्थित तरिकाले सञ्चालनमा आउन सकिरहेका छैनन् । व्यवसायीहरु फाइदा त कता हो कता लगानी उठाउनै नसकेर चिन्तित देखिन्छन् । त्यसमाथि पछिल्लो समय सोही रुटहरुमा विद्युतीय सवारी (इलेक्ट्रिक भेहिकल–ईभी)भित्र्याउने तरखरमा लागेको बुझिएको छ । हाल भइरहेका साना सवारीहरुको व्यवस्थापनमा चुनौती थपिँदै गएका बेला ईभीहरु यात्रुसेवाकै लागि ठूलो संख्यामा भित्र्याउँदा यसको व्यवस्थापन अझै चुनौतीपूर्ण हुने देखिन्छ । यसै सन्दर्भमा लामो समयदेखि हेटौंडा–काठमाडौं सुमो सञ्चालन गर्दै आएका र हेटौंडा भरिका सुमो सञ्चालकहरुको संयोजकको रुपमा काम गर्दै आएका व्यवसायी भेष खड्गीसंग साझाकुराकर्मीले गरेको कुराकानीको अंशः

१) हेटौंडा–काठमाडौं यात्रुवाहक साना सवारी सञ्चालन त जटिल बन्दै गयो नि ?
हालको सन्दर्भमा यहाँले यो सहि कुरा उठाउनु भएको छ । सुरुवातका दिनमा सुमो व्यवसाय राम्रो थियो । यात्रुहरुलाई सेवा पनि राम्रै दिइएको थियो । तर, पछिल्लो समय २०७२ को भुकम्प, कोरोना महामारी, डेंगो जस्ता सरुवा रोगका कारण सार्वजनिक यातायात क्षेत्रमा निकै प्रभाव प¥यो । त्यसको असर अहिलेसम्म पनि मेटिन सकेको छैन । गाडी किनेको धेरै समय हुँदा मर्मतसम्भार र बैंकको किस्ताका कारण व्यवसायी थला परेको अवस्था छ । त्यससंगै यात्रुलाई निरन्तर सेवा दिइदै आइरहेका छौं । अब बेलैमा विकल्प सोचिएन भने पेशा नै धरापमा पर्ने निश्चित प्रायः छ ।

२) विकल्प भनेको के हो ?

हाल हेटौंडाहुँदै काठमाडौं जाने साना सवारीको संख्या करिब नौ सय पुगेको छ । जसमा वीरगञ्ज, चन्द्रनिगाहपुर र निजगढ क्षेत्रसमेतबाट आउने गाडीहरु पर्दछन् । त्यसमाथि निजी मोटरसाइकल, कार, जीप, बस, ट्रकलगायत सवारी भीमफेदीहुँदै काठमाडौं गाइरहेका छन् । बाटोको अवस्था निकै जोखिमपूर्ण छ । त्यसैमाथि पछिल्लो समय ईभी (विद्युतीय जीप) सोही रुटहरुमा सञ्चालन गर्ने रणनीतिमा केही व्यक्तिहरु लागेका छन् । यही अवस्थामा ईभी थपिने हो भने यो बाटोले धान्ने अवस्था नै छैन । हाल भइरहेका सुमोहरुलाई विस्थापन गर्ने अवस्था छैन । दुबै संगै चल्ने अवस्था पनि छैन । भनेपछि अब सरोकारवाला निकायले बेलैमा सोच नपु¥याई यही रुटहरुमा ईभी भिœयाउन दिइयो भने समस्या विकराल आउने अवस्था छ । त्यसैले उचित विकल्प सोचेर मात्रै निर्णयमा पुग्नु पर्ने देखिन्छ ।

३) तपाईंको अनुभवमा उचित विकल्प के हुन सक्छ ?

मेरो बिचारमा ईभी गाडीहरुलाई सरकारले भिœयाउने रणनीति लिएको छ । त्यसमा हाम्रो कुनै विमति छैन । पहिलो त ईभीहरुलाई यात्रु वाहक सवारीको रुपमा यी रुटहरुमा चलाउन उपयुक्त छ÷छैन सरकारले परीक्षण गर्नुपर्छ । परीक्षणबाट ठीक नतिजा आएमा हाल भइरहेका सुमो व्यवसायीहरु र ईभी बिक्रेताबीचमा छलफल गरेर सुमो विस्थापनसंगै ईभी भिœयाउनु पर्छ । त्यसको लागि हाल भएका सुमोको उचित मूल्याड्ढन गरेर ईभी बिक्रेताले खरिद गरेर नष्ट गरी उनीहरुलाई परमिटसहित ईभी उपलब्ध गराउनु उचित विकल्प हो ।

४) सुमो विस्थापन गरेर ईभीमात्र सञ्चालन हुनसक्ने अवस्था छ र ?

त्यसो हुनसक्ने पर्याप्त अवस्था र आधार छन् । मैले व्यवसायीहरुसंग छलफल गरिरहेको छु । सुमो व्यवसायीहरु मोडलको एक लाख रुपियाँसम्म मूल्याड्ढन आउने अवस्था भए सुमो छाडेर ईभीमा जान तयार छन् । त्यसो हुँदा व्यवसायीहरुको सुमोमा परेको लगानी सुरक्षित हुने अवस्था पनि छ । ठूलो परिमाणमा सुमो विस्थापन भई ईभी भित्रिने हुँदा यसमा ईभी व्यापारीहरु पनि सहज तरिकाले आउनुपर्छ भन्ने हो । होइन भने यतिकै अवस्थामा ईभी भित्रिने अवस्था रहँदैन र यदि भित्रिएमा सुमो र ईभी दुबै क्षेत्र धरासायी हुने निश्चित छ । जसले गर्दा बैंकको लगानीसमेत डुब्ने पक्का छ । यही रुटहरुमा थप ईभीलाई रुट परिमिट दिन यातायात व्यवस्था कार्यालयहरुले पनि विशेष सोच बिचार गर्नुपर्ने अवस्था छ ।

५) हेटौंडा बजारमा यत्रतत्र छरिएका काउन्टर र बाटोमै यात्रु तान्ने समस्याले बजार अस्तव्यस्त छ भन्ने गुनासो आइरहेको छ नि ?

यो गुनासो आइरहेको धेरै भयो । बीचमा हेटौंडा उपमहानगरपालिकाले चौकीटोलमा एकीकृत सुमो काउन्टर सञ्चालन पनि गरेको हो । तर, त्यो कोरोनापछि सञ्चालन हुन सकेन । त्यस्तै ठाउँ भइरहेको भए अलि व्यवस्थित हुन्थ्यो तर भएन । अब पनि सरकारले त्यस्तै ठाउँ उपलब्ध गराइदिएमा हामी जान तयार छौं ।

६) अन्तमा,
यो विषय अत्यन्तै गहन विषय हो । आज तपाईको मिडियाले यसलाई उजागर गरेको छ । यो हामी व्यवसायीको आम्दानीसंगमात्र होइन, यात्रुहरुको सेवासंग जोडिएको विषय हो । सरकारको आफ्नै यात्रुसेवा छैन । निजी क्षेत्रले अरबांै लगानी गरेर यात्रु सेवा सञ्चालन गरिरहेको अवस्था हो । यसलाई जगाउँदै र थप व्यवस्थित बनाउँदै यात्रुसेवालाई गुणस्तरीय बनाउन हामी पनि तयार छौं । सरकारका निकायहरु पनि थप जिम्मेवार हुनु पर्दछ । बाटोको अवस्था, यात्रुको चाप, सवारी साधनको क्षमतालगायत धेरै विषयमा सोच बिचार गरेर रुट परमिट जारी हुनुपर्छ । परमिटबिनाका सवारी सञ्चालनमा पूर्णरुपमा रोक लगाइनुपर्छ । बाटोको समयसमयमा मर्मतसम्भार हुनुपर्छ । गति नियन्त्रण गर्न आवश्यकता अनुसार टाइमकार्ड लागू हुनुपर्छ । अनिमात्र यात्रुसेवा थप विश्वासिलो, व्यवस्थित र गुणस्तरीय हुनसक्छ भन्नेमा हामी विश्वस्त छौं ।

यसमा तपाइको मत

Your email address will not be published.


*