अस्पतालमा आपतकालीन व्यवस्थापन ड्रिल अभ्यास

साझाकुरा
२०८१ जेष्ठ २९, मंगलवार १२:४०

हेटौंडा-हेटौंडा अस्पतालमा आपतकालीन व्यवस्थापन ड्रिल अभ्यास गरिएको छ । जुनसुकै बेला पनि आइपर्न सक्ने आपत्तकालीन अवस्थामा संयमित भएर प्रभावकारी सेवा कसरी प्रदान गर्न सकिन्छ ? भन्ने उद्देश्यले अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई ड्रिल अभ्यास गराइएको हो । प्रकोपको समयमा स्वास्थ्यकर्मीको भूमिका, उपचार प्रक्रिया, प्रकोपका बेला पालना गर्नुपर्ने नियमलाई ड्रिल अभ्यास मार्फत् प्रस्तुत गरिएको थियो । भीमफेदी–१ त्रिखण्डीमा सवारी दुर्घटना भएको कृत्रिम घटना मार्फत् घाइतेको उद्दार प्रक्रिया, उपचारमा स्वास्थ्यकर्मीको परिचालन, उपचारलगायत बिषयमा अभ्यास गरिएको थियो ।

अस्पतालको इर्मेजन्सी कक्षमा विरामीको अवस्था अनुसारको तोकिएको जोनमा राखेर उपचार गरिएको थियो । करीब दुई घण्टा भएको ड्रिल अभ्यासले आपतकालीन अवस्थामा अस्पतालले कसरी सेवाप्रभाह गर्ने भन्नेबारेमा जानकारी मिलेको सहभागी स्वास्थ्यकर्मीले बताएका छन् ।यस्ता अभ्यासले ठूला दुर्घटना तथा प्रकोपका समयमा नआत्तिकन काम गर्न मद्धत मिल्ने हेटौंडा अस्पतालका मेडिकल
सुपरीटेन्डेण्ट डा. श्रीधर अर्यालले बताए । ड्रिलका क्रममा भएका कमिकमजोरीलाई सुधार गर्दै लैजाने उनले बताए । ड्रिल अभ्यासको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्काउट,सञ्चारकर्मीलगायतले अवलोकन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*