गाउँपालिका अध्यक्षको परिवारलाई सहयोग

साझाकुरा
२०८१ असार १, शुक्रबार १०:५४

हेटौंडा- मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामास्याङ्तानको परिवारलाई स्थानीयले सहयोग गरेका छन् । अध्यक्ष स्याङ्तानको मकवानपुरगढी–३ घमिलेस्थित घरमा मंगलबार विद्युत सर्ट भएका कारण आगलागी भएर घर जलेर नष्ट भएको थियो । आगोलाग्दा घरमा भएका करिव ५० मुरी खाद्यान्न र लत्ताकपडा सम्पूर्ण वस्तुहरु जलेर नष्ट भएको थियो । दिउँसोको समयमा आगोलाग्दा मानवीय र पशुचौपाय क्षति भने भएन । अध्यक्ष स्याङ्तानको घरको माथिल्लो भाग जलेर पूर्णरुपमा नष्ट भएको थियो । गाउँपालिकाभित्र सक्रिय रहेको युवा व्यवसायीको समूह जी एण्ड स्टार ग्रुपले बुधबार स्याङ्तान परिवारलाई नगद सहित जिन्सी सामग्री सहयोग गरेको हो ।

६८ हजार बराबरको लत्ताकपडा, खाद्यान्न र नगद ३२ हजार अध्यक्ष स्याङ्तानका श्रीमती सोममाया स्याङ्तानलाई हस्तान्तरण गरिएको ग्रुपका अध्यक्ष प्रतिमान रुम्बाले बताए । काठपात र जस्तापाताले निर्माण गरिएको पुख्र्यौली घर जलेर नष्ट भयो, अध्यक्ष स्याङ्तानले भने । खेतीकिसानी गरी वर्षभरि खाने अनाज मकै, धान, कोदोलगायत अन्न जल्यो, अन्नसँगै आफ्नो पैत्रिक सम्पति जल्दा मन रोएको छ, अध्यक्ष स्याङ्तानले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*