अमर मावि बालमैत्री विद्यालय घोषित

साझाकुरा
२०८१ असार २, शनिबार १०:२२

हेटौंडा- हेटौंडा–१ चाइनाक्वाटरमा रहेको अमर माध्यमिक विद्यालयलाई बालमैत्री विद्यालय घोषणा गरिएको छ । हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाले विद्यालयले बालमैत्री घोषणाका लागि आवश्यक २६ सूचक पूरा गरेसँगै बालमैत्री स्थानीय शासनयुक्त विद्यालय घोषणा गरेकी हुन् ।बालमैत्री विद्यालय घोषणा गर्दै नगरप्रमुख लामाले भोलिका कर्णधारलाई सक्रिय बनाउँनका लागि उपमहानगरले योजना बनाएर काम गरिरहेका बताइन् । उनले अहिलेको अवस्था प्रबिधि र सूचनाको रहेकाले आफ्ना बालबालिकाले के गरिरहेका छन् भन्ने चासो दिँदै उनीहरुले सिकेको कुरालाईै सकारात्मक ढंगबाट प्रयोग गर्न जरुरी रहेको बताइन् । उनले भनिन् ‘सूचना र प्रबिधिका कारण बालबालिका अव्बल बन्दैछन्, उनीहरुको ज्ञानलाई सकारात्मक ढंगबाट प्रयोग गरौं ।’

उनले पछिल्लो समय हेटौंडा शैक्षिक गन्तव्यको रुपमा रहेको भन्दै शैक्षिक गुणस्तरलाई सुधार गर्दै हबको रुपमा अघि बढाउँने नीति आगामी आर्थिक वर्षमा नगरले लिने बताइन् । अहिलेको अवस्थामा हेटौंडा दुव्यवसनको ट्रान्जिट बन्दै गएकाले आफ्ना बालबालिकाले गर्ने दैनिक क्रियाकलापमा अभिभाबकले ध्यान दिन जरुरी रहेको बताइन् ।विद्यालय बालसञ्जालका अध्यक्ष बिकल्प अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहा नगरउपप्रमुख राजेश बानियाँ, हेटौंडा–१ का वडाअध्यक्ष सबिन न्यौपाने, हेटौंडा–१० का अध्यक्ष फुर्वादोर्जे तामाङ, कार्यपालिका सदस्य इश्वरी रसाईली, वडासदस्य मनु दाहाल, महिला तथा बालबालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछाने, विद्यालय व्यवस्थापन समितिका सदस्य मानबहादुर लामालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विद्यालयमा अध्यनरत १ देखि ८ कक्षासम्मका विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिएको थियो ।

नगरमा बालमैत्री विद्यालय घोषणामा सामुदायिकतर्फ तेश्रो विद्यालय अमर मावि भएको छ । यसअघि हेटौंडा ८ कमानेको चन्द्रोदय र हेटौंडा–१६ को जनप्रिय माध्यमिक विद्यालय बालमैत्री घोषित भैसकेका छन् । संस्थागततर्फ हेटौंडा–२ को बालजागृति इङ्लिस बोडिङ स्कुल बालमैत्री घोषणा भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*