हेटौंडा उपमहानगरको बजेट २ अर्ब ४४ करोड

साझाकुरा
२०८१ असार ४, सोमबार ११:३६

हेटौंडा- हेटौंडा उपमहानगरले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि बजेटको आकार घटाएको छ । उपमहानगरपालिकाले चालु आर्थिक वर्षको बजेटभन्दा ४६ करोड ७२ लाख २९ हजार रुपैयाँ अर्थात् १६.०७ प्रतिशत घटाएर आगामी आर्थिक वर्षको बजेट ल्याएको हो ।उपमहानगरले आगामी आवको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न २ अर्ब ४३ करोड ८९ लाख ७१ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आन्तरिकस्रोतबाट ५३ करोड २७ लाख ९५ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट ६१ करोड ६५ लाख ८६ हजार रुपैयाँ, प्रदेश सरकारको विभिन्न अनुदानबाट ११ करोड १७ लाख ३९ हजार रुपैयाँ र संघीय अनुदानबाट १ अर्ब १६ करोड ५३ लाख रुपैयाँ बेहोरिने अनुमान गरिएको छ । उपमहानगरले बजेटको प्राथमिकतामा आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पु¥याउने, उत्पादनमूलक तथा छिटो प्रतिफल प्राप्त गर्ने, जनताको जीवनस्तर, आम्दानी र रोजगारी बढाउने जनाएको छ ।

स्थानीय सहभागिता जुट्ने, स्वयम्सेवा परिचालन गरी लागत न्यूनीकरण गर्ने, स्थानीय स्रोत, साधन र सीपको अधिकतम प्रयोग हुने, महिला, बालबालिका तथा पिछडिएका क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने, लै·िक समानता र सामाजिक समावेशीकरण अभिवृद्धि हुने बजेटको प्राथमिकताको क्षेत्र निर्धारण गरिएको छ । समावेशी र दिगो विकास, वातावरण संरक्षण तथा संवद्र्धन गर्न सघाउ पु¥याउने, भाषिक तथा सांस्कृतिक पक्षको जगेर्ना र सामाजिक सद्भाव तथा एकता अभिवृद्धिमा सघाउ पु¥याउने, शिक्षा, स्वास्थ्य क्षेत्रको गुणस्तरीयता एवम् सबलीकरण, सबै प्रकारका सामाजिक विभेद अन्त्य भएको मानवताको सहर स्थापना गर्ने बजेटको प्राथमिकता रहेका छन् ।

उपमहानगरपालिकाको बजेटले विकासका लागि आर्थिक, सामाजिक, भौगोलिक पूर्वाधार खडा गर्ने, शासनमा सुधार र सेवा प्रवाहमा जनताको सहज पहुँच वृद्धि गर्ने, आन्तरिक क्षमता विकास र सुदृढीकरणमा जोड दिने, सन्तुलित एवम् दिगो समावेशी विकासको अवधारणालाई आत्मसात् गर्ने बजेटको उद्देश्य छ । गरिबी न्यूनीकरण तथा जनजीविकामा टेवा पु¥याउने, समृद्ध नगर सुखी नगरवासीको लक्ष्य हासिल गर्ने उद्देश्यका साथ उपमहानगरपालिकाले बजेट तर्जुमा गरेको छ ।

उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा हेटौंडा–१० मा निर्माणाधीन एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माण सम्पन्न गरी सञ्चालन गर्न ६ करोड बजेट विनियोजन गरेको छ । सहरी सडक मर्मतसम्भारका लागि सडक बोर्ड नेपालसँगको लागत साझेदारीमा योजना सञ्चालन गर्न १ करोड ७० लाख विनियोजन गरेको छ भने विभिन्न पूर्वाधारको आकस्मिक मर्मत सम्भारका लागि मर्मतसम्भार कोषमा १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

संघ तथा प्रदेश सरकारको लागत, सहयोग तथा समन्वयमा कर्रा करिडोर निर्माणको निरन्तरताका लागि आवश्यक व्यवस्था गरिएको उपप्रमुख राजेश बानियाँले बताए । जिम्मेवारी सर्ने योजनाको भुक्तानीका लागि १७ करोड रुपैयाँ व्यवस्था गरिएको छ । पदमपोखरी मुख्य सडक विस्तार कार्यका लागि ७ करोड रुपैयाँ विनियोजित छ । बानियाँका अनुसार हेटौंडा खानेपानी व्यवस्थापन बोर्डसँग साझेदारी कार्यक्रम, न्यूनतम महसुल भुक्तानीलगायत कार्यका लागि २ करोड ८ लाख रुपैयाँ, नगरपालिकाको प्रशासनिक भवनमा लिफ्ट जडान, पर्खाल एवम् चमेनागृह निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

उपमहानगरले आगामी आर्थिक वर्षमा नागस्वती फुटबल स्टेडियम निर्माणका लागि १ करोड ७२ लाख रुपैयाँ, संघीय सरकारबाट हेटौंडा चक्रपथअन्तर्गत वडा नम्बर १५, १६, १७ को सडकखण्ड
स्तरोन्नति गर्न २ करोड रुपैयाँ, चाइनाक्वाटरबाट राप्ती बाइपास जोड्ने सडकका लागि १ करोड रुपैयाँ, नेवारपानी गुम्बाटोल हुँदै गाल्छाराङ–लिक्चे कैलाश, हेटौंडा–कैलाश–राक्सिराङ जोड्ने सडकका लागि २ करोड रुपैयाँ, बिपीमार्ग स्तरोन्नतिका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

उपमहानगरले पूर्वाधार विकास क्षेत्रभित्र पर्ने सडक, ऊर्जा, सडकबत्ती, जलस्रोत, पर्यटन, भवन तथा आवास, सिँचाइलगायत नगरस्तरीय पूर्वाधारतर्फ ८८ करोड ८६ लाख ९९ हजार रुपैयाँ बजेट विनियोजन गरेको उपमेयर बानियाँले बताए । आगामी आर्थिक वर्षमा उपमहानगरले उद्योग, सहकारी तथा लघुउद्यमतर्फका कार्यक्रम तथा योजना सञ्चालन गर्न ७० लाख रुपैयाँ, पर्यटनतर्फका कार्यक्रम तथा योजना सञ्चालन गर्न ८५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

त्यस्तै संस्कृति प्रवद्र्धन अन्तर्गत पूर्वाधार निर्माण तथा जीर्णोद्धारका लागि १ करोड १६ लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम र युवा रोजगारीका लागि १ करोड २७ लाख ७१ हजार रुपैयाँ, आर्थिक विकास क्षेत्रभित्रका चालु कार्यक्रम र पुँजीगत योजना तथा कार्यक्रमका लागि ७ करोड ५६ लाख १० हजार रुपैयाँ विनियोजन गरिएको छ । उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा शिक्षक बैंक, मोवाइल शिक्षक, सिल्भर स्वयम्सेवक, सुनौलो शुक्रबार कार्यक्रमका लागि आवश्यक बजेट व्यवस्था गरिएको उपप्रमुख बानियाँले बताए ।

शिक्षातर्फका कार्यक्रम तथा योजना सञ्चालन गर्न ७३ करोड २७ लाख २६ हजार रुपैयाँ र आन्तरिकतर्फ ४ करोड ४५ ७२ लाख रुपैयाँ विनियोजन गरिएको छ भने हटिया र पदमपोखरीस्थित आधारभूत अस्पताललाई स्वास्थ्य बीमामा आबद्ध गरी सञ्चालनका लागि आवश्यक बजेट व्यवस्था गरिएको छ । स्वास्थ्यतर्फका कार्यक्रम तथा योजना सञ्चालन गर्न सशर्तसमेत ७ करोड ६९ लाख ६२ हजार रुपैयाँ, युवा तथा खेलकुदसँग सम्बन्धित कार्यक्रमका लागि १ करोड ८२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

उपमहानगरले फोहरमैला व्यवस्थापन र ढल तथा नाला पूर्वाधारतर्फका योजना तथा कार्यक्रमका लागि २ करोड १६ लाख विनियोजन गरेको छ । वातावरण तथा विपद् व्यवस्थापन एवम् सरसफाइ र फोहरमैला व्यवस्थापनमा चालु कार्यक्रम र पुँजीगत योजना तथा कार्यक्रमका लागि कूल ३ करोड १२ लाख ७० हजार विनियोजन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*