मकवानपुरगढी अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका घोषणा

साझाकुरा
२०८१ असार १०, आईतवार १२:३२

हेटौंडा-मकवानपुरगढी गाउँपालिकालाई शनिवार अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका घोषणा गरिएको छ ।नेपालको संविधान २०७२ को भाग ३ मौलिक हकअन्तर्गत धारा ३१ र अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन २०७५ बमोजिम पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको पालिका घोषणा गरिएको हो । मकवानपुरगढी गाउँपालिका–२, शिखरकटेरी स्थित चण्डिका माध्यमिक विद्यालय परिसरमा भएको एक औपचारिक कार्यक्रमकाबीच पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका घोषणा गरिएको हो ।

मकवानपुरगढीलाई अनिवार्य तथा निःशुल्क शिक्षा भएको पालिका घोषणा गर्दै कार्यक्रमको प्रमुखअतिथि समेत रहेका जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले घोषणालाई घोषणामै सीमित नगरी पूर्णरुपमा कार्यान्वयनमा ल्याउन आग्रह गरे । उनले सरकारले अहिले शिक्षाक्षेत्रलाई प्रविधिमैत्री र भौतिक पूर्वाधारले सम्मन्न पार्ने काम गरिरहेको दावी गरे ।‘सरकारले शिक्षाक्षेत्रलाई सर्वशुलभ र भौतिक तथा प्रविधिमैत्री बनाउन खोजिरहेको छ । सरकारले विद्यालय बस उपलब्ध गराउने, विद्यालयमा नर्स र विद्यार्थीमैत्री भवन निर्माण गरिदिने जस्ता काम गरिरहेको छ । यसवाट हामीले बढीभन्दा बढी फाइदा लिन सक्नुपर्छ,’ उलने भने । आफ्नो पालिका भित्रका कोहीपनि बालबालिका विद्यालय बाहिर नहुन भन्नका लागि जनप्रतिनिधिले विशेष चासो दिनुपर्ने उनको भनाई थियो ।

जिसस प्रमुख घलानले घाउँघर र टोलटोलमा पुगेर विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयसम्म आउँने वातावरण तयार पार्न पनि उलने जनप्रतिनिधिलाई निर्देशन दिए । पालिकाले निःशुल्क शिक्षा घोषणाका लागि तोकिएको सबै मापदण्ड पूरा गरेको गाउँपालिका अध्यक्ष दोर्जे लामास्याङ्तानले जानकारी दिए । उनले यसअघि पालिका भित्रका सम्पूर्ण ८ वटा वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको वडा घोषणा गरिएको बताए ।गाउँपालिका अध्यक्ष स्याङ्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दिनानाथ गौतम, शिक्षा विकास निर्देशानलयका निर्देशक देवनारायण चौधरी, गाउँपालिका पूर्वअध्यक्ष विदुर हुमागाई, उपाध्यक्ष मानकुमारी पाख्रीन, गाउँपालिकाका वडाअध्यक्षहरु, पालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन लामा, राजनीतिक दलका प्रतिनिधि, विद्यालयका प्रअ तथा विभिन्न शिक्षाक्षेत्रका व्यक्तित्वको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*