रास्वपाका मन्त्रीहरुले तत्काल राजीनामा नदिने

साझाकुरा
२०८१ असार २१, बिहीबार १३:३७

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सरकारमा सहभागी मन्त्रीहरुले तत्काल राजीनामा नदिने भएका छन् ।उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, श्रममन्त्री डोलप्रसाद अर्याल, खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र शिक्षामन्त्री सुमना श्रेष्ठले आज प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेर अहिले राजीनामा नदिने निर्णय गरेका हुन् ।

प्रधानमन्त्री दाहाललाई भेट्न रास्वपाका सभापति रवि लामिछानेसहितका नेताहरु आज बिहान बालुवाटार पुगेका थिए । राजीनामा बुझाउनु अघि परामर्शका लागि बालुवाटार पुगेका उनीहरुलाई दाहालले तत्काल राजनीमा नबुझाउन आग्रह गर्नु भएको थियो ।

एमालेले बुधबार प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो भने एमालेका मन्त्रीहरुले राजीनामा पनि बुझाएका थिए । एमाले र कांग्रेसले नयाँ गठबन्धन बनाएर सरकार बनाउने सहमति गरेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । एमालेले समर्थन फिर्ता लिएपछि दाहाल नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*