रास्वपाले मुकुल ढकाललाई गर्‍यो ७ दिन निलम्बन

साझाकुरा
२०८१ असार २१, बिहीबार १३:४९

काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकाललाई ७ दिन निलम्बन गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले अमर्यादित र अनुशासनहीन काम व्यवहार गरेको भन्दै निलम्बनको निर्णय गरेको हो ।यससँगै पार्टी सहमहामन्त्री कविन्द्र बुर्लाकोटिलाई कार्यवाहक महामन्त्री र सहप्रवत्ता मनिष झालाई कार्यवाहक प्रवक्ता तोकिएको छ ।

बुधबारको बैठकमा ढकालले बैठकको प्रत्यक्ष प्रशारण गर्न र प्रतिवेदन सार्वजनिक गर्नुपर्ने आफ्नो माग सुनुवाइ नगरिएको भन्दै मुखमा कालो टेप लगाएर आपत्ति जनाएका थिए। तर बैठकले बहुमतले प्रत्यक्ष प्रसारण नगर्ने निर्णय गरेको थियो । आफ्नो माग पारित नभएपछि ढकालले आफ्नो लोकतान्त्रिक अधिकार हनन भएको जनाउँदै कालोपट्टी बाँधेर बैठकमा सहभागी भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*