मकवानपुरका ३ पालिकाले अझै बजेट पेश गरेनन्

साझाकुरा
२०८१ असार २७, बुधबार १२:२५

हेटौंडा- मकवानपुरको १० स्थानीय तहमध्ये ३ स्थानीय तहले अझै बजेट आफ्नो बजेट कार्यपालिकामा पेश नै नगरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांक रहेको छ ।मन्त्रालयको आर्थिक वर्ष २०८१÷८२ को पोर्टलमा २४ असार रातीसम्मको अपडेठअनुसार बकैया, बागमती र भीमफेदी गाउँपालिकाले सभामा बजेट पेश नै नगरेको देखिएको छ । भीमफेदी गाउँपालिकाले २४ असारमा बजेट पारित गरेको छ । बागमती गाउँपालिकाको जनप्रतिनिधिबीच बजेटको विषयमा विवाद भएको र विवाद उच्चअदालत पुगेकाले गाउँसभामा बजेट पेश नै हुन पाएको छैन ।

जिल्लाको १० पालिका मध्ये हेटौंडा उपमहानगरपालिकाले २ असारमा पेश गरी ७ असारमा बजेट पास गरेको छ । त्यस्तै थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाले ७ असारमा पेश गरेर ७ असारमै बजेट पास गरेको छन् । कैलाश, मकवानपुरगढी र राक्सिराङ गाउँपालिकाले १० असारमा पेश गरेर १० असारमै बजेट पास गरेका छन् भने मनहरी गाउँपालिकाले १० असारमा पेश गरेर २० असारमा पास गरेको पोर्टलमा तथ्यांक अद्यावधिक छ ।यसरी अहिलेसम्म बजेट पेश नगर्ने स्थानीय तहको संख्या बागमती प्रदेशमा ११९ मध्ये ४७ वटा रहेका छन् भने देशभर २८६ पालिकाले अझै बजेट पेश गरेका छैनन् । नेपालमा स्थानीय तहको संख्या ७५३ रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*