भरोसा बटुल्दै भुटनदेवी

साझाकुरा
२०८१ असार २९, शुक्रबार ११:५९

हेटौंडा- सइइ) को नतिजामा समेत सामुदायिक विद्यालय अब्बल सावित भएका छन् ।–४ मा रहेको जिल्लाकै पुरानो र उत्कृष्ट सामुदायिक विद्यालयमध्य एक हो, भुटनदेवी मावि । यहाँ अध्यापन गराउने अधिकांश शिक्षकले आफ्ना छोराछोरी यही विद्यालयमा भर्ना गरेका छन् । शैक्षिक सुधार हुनेदेखि आफैंले अध्यापन गराउँदा अझै राम्रो नतिजा हासिल हुने विश्वासका साथ यहाँका शिक्षक–शिक्षिका सबैको रोजाइमा यही विद्यालय छ । भुटनदेवी माविमा अध्यापन गराउने आधा दर्जनबढी शिक्षक–शिक्षिकाले छोराछोरी यही विद्यालयमा पढाएका हुन् । विद्यालयका प्रधानाध्यापक माधवप्रसाद दहालले आफ्ना सन्तान कक्षा ९ देखि १२ सम्म सिभिल इन्जिनियरिङ भुटनदेवी मै पढाएका थिए । त्यस्तै विद्यालयका शिक्षक श्याम शर्माले आफ्नी छोरी सर्वज्ञा बजगाईँ र छोरा आरुस बजगाईँलाई भुटनदेवीमै पढाएका छन् ।

त्यस्तै, विद्यालयका सहायक प्रधानाध्यापक वेदराज कोइरालाका छोरीहरु भाषिका कक्षा ९ मा अध्ययनरत छिन् भने भारवि कक्षा १ मा अध्ययनरत छन् । शिक्षिका सरस्वती अधिकारीको छोरी सरगम पनि यही विद्यालयमा कक्षा ७ मा अध्ययनरत छिन् । विद्यालयका सहायक प्रध्यानाध्यापक भरत पोखरेको छोरी प्रिन्सा कक्षा १० मा अध्ययनरत छिन् । नेपाली शिक्षिका संगीता गौतमको छोरा र छोरी दुबै यहीँ अध्ययनरत छन् । उनको छोराले सिभिल कक्षा १२ को र छोरी हाल कक्षा १० मा अध्ययनरत छन् । विद्यालयका शिक्षक मुकेश मिश्रको रोजाई पनि आफैंले अध्यापन गराइरहेको विद्यालय नै रहेको छ । उनको छोरा इशान्त कक्षा ११ को विज्ञान संकायमा अध्ययनरत छन् ।

शिक्षिका लिलादेवी तिम्सिनाको छोरा विलक्षण पनि हाल कक्षा ९ सिभिलमा अध्ययनरत छन् । विद्यालयमा कार्यरत आया र मालीले समेत आफ्ना सन्तान भुटनदेवीमै पढाएका छन् । आफूले आफैंलाई विश्वास गरेकाले आफूले पढाउने विद्यालयमा सन्तान पढाएको भुटनदेवी माविका सहायक प्रध्यानाध्यापक वेदराज कोइरालाको भनाई छ । ‘म आफूले आफैंलाई विश्वास गरेको हुँ, यहाँका शिक्षक साथीहरुको योग्यता, क्षमता र लगनशीलतामा विश्वास गरेको हुँ,’ सहायक प्रअ कोइरालाले भने ।भुटनदेवी माविको राम्रो शैक्षिक वातावरण भएको र सामुदायिक विद्यालयमा राम्रो सिकाइ हुन्छ भन्ने सन्देश दिन पनि आफैंले अध्यापन गराएकै विद्यालयमा आफ्ना सन्तान पढाएको उनको तर्क छ । जिल्लामा पछिल्लो समय अधिकांश अभिभावकले सामुदायिक विद्यालय नै रोज्ने गरेका छन् । यो विद्यालयमा जिल्लासहित छिमेकी प्रदेशका विद्यार्थीको पनि रोजाईको केन्द्रबिन्दु बनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*