हेटौंडामा मनाइयो भानुजयन्ती
हेटौंडा-भानु प्रतिष्ठान नेपाल बागमती प्रदेश कार्यसमितिले हेटौंडामा शनिबार आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्तीमा प्रभातफेरी तथा साहित्यिक कार्यक्रम गरेको छ ।शनिबार साहित्यकार, शिक्षक, विद्यार्थी, पत्रकार करिव २०० जना जम्मा भएर सोलिड्यारिटी इन्टरनेशनल माविबाट सुरु भएको प्रभातफेरी बसपार्क, बुद्धचोक, सीमाचोक हुँदै पुनः सोलिड्यारिटीमै पुगेर सभामा परिणत भएको थियो ।कार्यक्रमका प्रमुख अतिथि बागमतीका प्रदेशप्रमुख यादवचन्द्र शर्माले भानुजयन्तीलाई प्रदेशतहमा पनि मनाउन सुरुआत गर्नु महत्वपूर्ण विषय भएको र आगामी दिनमा यसलाई जनस्तरसम्म लैजानुपर्ने बताए । उनले देशमा साहित्यको विकास राम्रो भएको तर, अझै मलजल गर्न आवश्यक रहेको कुरा बिर्सन नहुनेमा जोड दिए । उनले साहित्यलेखनका समयमा समाजलाई केन्द्रमा राख्नुपर्ने बताए ।
कार्यक्रममा सोलिड्यारिटी इन्टरनेशनल माविका विनिता तामाङ, तुलसीमेयर माविका अनुसुया खनाल, बालजागृति माविका सर्जु भण्डारी र आशिका न्यौपाने तथा कवि मञ्जु खरालले भानुसम्बन्धी कवितावाचन गरेका थिए । छन्दकवि पुरुषोत्तम आचार्यले भानुभक्तको रामायणका पाँच श्लोक वाचन गरेका थिए । कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले भानुभक्तबारे जानकारी दिएको भानु प्रतिष्ठान नेपाल बागमतीका सहसंयोजक मसान उपासकले जानकारी दिए । कार्यक्रममा रमेशमोहन अधिकारी, श्यामकुमार बानियाँ,
देवराज तिवारी, सानु खनाल, डिबि बर्तौला, माधव पोखरेल, अम्बिका कार्की, रजनी पौडेल, भावना सापकोटा, एसके निधनलगायतका कवि लेखकहरुको आतिथ्यता रहेको थियो । यस्तै, रधुनाथ खराल, विनोद सुवेदी, रिना आचार्यलगायत शिक्षासँग सम्बन्धित व्यक्ति, रिपोर्टर्स क्लब नेपाल मकवानपुरका अध्यक्ष बलराम पुडासैनी, समाजवादी प्रेस संगठन नेपाल मकवानपुरका अध्यक्ष शिव चौलागाईँ, पत्रकार रुपक कालिराज, राजेश थापालगायतको आतिथ्यता थियो । भानु प्रतिष्ठान नेपाल बागमति प्रदेश कार्यसमितिका संयोजक हयग्रीव आचार्यको साभाध्यक्षताा भएको कार्यक्रमको सहजीकरण मसान उपासकले गरेका हुन् । यसैगरी, बासुदेव रिजाल स्मृति प्रतिष्ठान हेटौंडाले साहित्यकार दीपक गौतमलाई सम्मान गरेको छ । आदिकवि भानुुभक्त आचार्यको २११ औं जन्मजयन्तीको अवसरमा मकवानपुरगढी गाउँपालिका–३ भानु माविमा आयोजित बासुदेव–भानु स्मृति साहित्य सम्मान, कविता प्रतियोगिता तथा रचना वाचन कार्यक्रममा साहित्यकार गौतमलाई बासुदेव–भानु स्मृति साहित्य सम्मान–२०८१ बाट सम्मानित गरिएको हो ।
नेपाली भाषासाहित्यमा पुु¥याएको योगदानको मूल्याङ्न गर्दै उनलाई सम्मानित गरिएको हो । साहित्यकार गौतमलाई सम्मानपत्रका साथ नगद १५ हजार रुपैयाँ प्रदान गरिएको थियो । साहित्यकार गौतमलाई विशेषतःनेपाली भाषा, साहित्यको क्षेत्रमा नवपुस्तालाई जोड्न पु¥याएको योगदानको मूल्यांकन गर्दै सम्मान गरिएको हो । यसअघि यो सम्मानबाट रामचन्द्र आचार्य (फुर्सती), पुुरुषोत्तम आचार्य, प्रभा भट्टराई, श्यामकुमार बानियाँ, नरेन्द्र परासर, मुुना अर्याल, निमेष निखिल, जनार्दन खनाल, ठाकुुर शर्मा र सुनिल गौतम सम्मानित भइसकेका छन् ।कार्यक्रममा भानु माविमा अध्ययनरत विद्यार्थी बीच कविता प्रतियोगिता आयोजना गरिएको थियो । विद्यार्थीबाट प्राप्त २५ कवितामध्ये १० वटा कवितालाई प्रतियोगितामा सहभागी गराइएको थियो । श्रीया फूयाँल, सुनमाया ब्लोन र अनुश्री अधिकारीको कविता उत्कृष्ट भएका थिए । उनीहरुले प्रमाणपत्र र जनही दुई हजार प्राप्त गरेका थिए । अनुष्का दाहाल र स्वराज सापकोटाले सान्त्वना प्राप्त गरेका थिए । उनीहरुले जनही पाँच सय र प्रमाणपत्र हात पारेका थिए । प्रतियोगिताको निर्णायकमा साहित्यकार सुवास सजल, शिवराज शाही रहेका थिए । प्रतियोगितामा सहभागी अन्य विद्यार्थीलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो ।