कोरा राइडमा जेष्ठ नागरिकको उत्साह

साझाकुरा
२०८१ असार ३१, आईतवार ११:४७

हेटौंडा- हिमालयन राइडर्स सोसाइटी मकवानपुरले शनिबार हेटौंडाका २० वटा मठमन्दिरको परिक्रमा गर्दै कोरा राइड सम्पन्न गरेको छ । कोरा अन्तराष्ट्रिय दिवस हो । ललितपुरले आगामी साउन ५ गते कोरा राइड गर्दैछ । करिव ३ वर्ष अघि हेटौंडामा स्थापना भएको हिमालयन राइडर्स सोसाइटी मकवानपुरले शनिवार कोरा च्यालेन्ज आयोजना गरेको हो । सोसाइटीले यो तेस्रो संस्करणको रुपमा कोरा च्यालेन्ज गरेको छ । भुटनदेबी मन्दिरबाट सुरु भएको धार्मिक साइकलयात्रा करिब २१ किमिको थियो । यसका लागि प्रतिब्यक्ति एकसय ५० रुपैयाँ शुल्क लिइएको थियो । २ सय भन्दा बढीले कोरामा भाग लिएका थिए ।

विहान ६ बजे भुटनदेबी मन्दिरमा जम्मा भएर ८ बजे ¥याली सुरु गरिएको संस्थाका अध्यक्ष रामकुमार श्रेष्ठले बताए । भुटनदेबी मन्दिरबाट कर्रा हुँदै गुम्बाचोक, सिमेन्टरोड, कुष्माण्ड सरोबर त्रिबेणीधाम, पुगेर पुनः सोही रुटमा फकिएर बुद्धचोक, हनुमान मन्दिर, चौकीटोल ओरालो, लोकप्रियचोकबाट ओमशान्ति, जलेश्वर, बनश्खण्डी, मुक्तिनाथ, बुढानीलकण्ठ, दक्षिणकाली, रुद्रेश्वर, क्याम्पा रंगशाला, गर्दोई लक्ष्मीनारायण मन्दिर चिसापानी, भैरवरोड, चिल्ड्रेनपार्क रोडबाट पशुपतिनाथ मन्दिर हुँदै हुप्राचौरमा समापन गरिएको थियो । कार्यक्रममा लक्की ड्र गरेर भाग्यशाली करिव २५ जनालाई बिभिन्न खालका आकर्षक पुरस्कार दिइएको थियो ।

जेष्ठ महिला र पुरुष, कनिष्ठ उमेर समूहका महिला पुरुष पुरस्कृत गरिने आयोजक संस्थाले जनाएको छ । यो वर्षको कोरा राइडमा सहभागी हुनका लागि ललितपुर, कीर्तिपुर, काठमाडौं, सिमरा, सैनामैना, बुटवलबाट पनि साइकलप्रेमी सहभागी हुनेछन् । हालसम्म नाम दर्ता गर्ने जेष्ठ सदस्य ८४ वर्षीय नागरिक पनि छन् । ललितपुरबाट १५ जना भन्दा बढी महिला साइकलयात्रीको सहभागिता रहेन छ ।हिमालयन राइडर्स सोसाइटीको आयोजनामा भएको यो तेस्रो संस्करण हो । संसारभर जुुलाईको तेस्रो शनिबारका दिन आयोजना हुने कोरा च्यालेन्ज हेटौंडामा दोस्रो शनिबार गरिएको हो । बिशेषगरी धार्मिक क्षेत्रको पर्यटकीय सम्भावनाको उजागर गर्ने उद्देश्यले आयोजना गरिने कोरा च्यालेन्ज शनिबार बिहान करिब ढेडदर्जन मन्दिर परिक्रमा गरिएको थियो । कोरा च्यालेन्जमा सहभागी हुने सबै साइकलयात्रीलाई टिसर्ट, प्रमाणपत्र प्रदान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*