कोलम्बियालाई हराउँदै अर्जेन्टिना बन्यो कोपा अमेरिका च्याम्पियन

साझाकुरा
२०८१ असार ३२, सोमबार ११:४०

काठमाडौँ-अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । फाइनलमा कोलम्बियालाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो ।विश्व च्याम्पियन पनि रहेको अर्जेन्टिनाले कोपा अमेरिका जितेको यो लगातार दोस्रो पल्ट हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगेपछि प्रतिस्पर्धा अतिरिक्त समयमा गएको हो । त्यसको १ सय १२ औं मिनेटमा जियोभानी लो सेल्सोको सटिक पासमा इन्टर मिलानका फरवार्ड मार्टिनेजले गोल गरेका हुन् । यस जितसँगै अर्जेन्टिना कोपा अमेरिकाको सबैभन्दा सफल टिम भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*