हेटौंडा अस्पतालका १३० कर्मचारी कटौती, सेवा प्रभावित नगर्न माग

साझाकुरा
२०८१ श्रावण १, मंगलवार ०८:४३

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले हेटौंडा अस्पतालका १३० कर्मचारी कटौती गरेका छन् ।प्रदेश सरकारले नागरिकको स्वास्थ्यसेवा पाउने अधिकारलाई बञ्चित गर्दै कर्मचारी कटौती गर्दा हेटौंडा अस्पतालमा आकस्मिक, ओपीडी, ल्यावलगायतका क्षेत्रमा सेवा प्रभावित हुने भएको छ । अहिले पनि पर्याप्त जनसक्ति अभाबमा सीमित जनसक्तिले सेवा दिइरहेको छ । यस्तो बेलामा कर्मचारी कटौती गर्दा थप समस्या हुने भएको छ । स्वास्थ्य मन्त्रालयले अस्पतालमा गत २०८० असोजमा नियुक्ति लिएर काम गर्दै आएका उनीहरुको करार अवधि नवीकरण नगर्ने निर्णय गरेसँगै उनीहरु स्वतः कटौतीमा परेका हुन् ।

मन्त्रालयले हेटौंडा अस्पतालका लागि चालु आर्थिक वर्षमा नियुक्त गरिएको १३० जना प्रशासनिक र प्राविधिक जनशक्तिको करार अवधि थप नगर्ने निर्णय गरेको हो । मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सम्हाल्दै आएका बखत असार २७ मा निर्णय गर्दै मन्त्रालय र मातहत कार्यालयमा चालू आर्थिक वर्ष २०८०÷८१ को स्वीकृत दरबन्दीमा कार्यरत कर्मचारीको असारमसान्तपश्चात् करार अवधि थप नगर्ने भएको हो ।

कर्मचारी कटौतीले निकै समस्या हुने प्रतिष्ठानका रजिष्टार तथा हेटौंडा अस्पताल व्यवस्थापन समिति अध्यक्ष राजेश प्रसाईले बताए । कर्मचारी कटौती हुँदा साउन १ गतेबाट अस्पतालको सबै तहको सेवाप्रवाह प्रभावित हुने उनको भनाई छ । १३० जना कर्मचारीमध्ये ८० प्रतिशत कर्मचारी प्राविधिक रहेको उनले बताए । अस्पतालको सेवा विस्तार पछि गुणस्तर वृद्धिका लागि ति कर्मचारी खटाइएको उनले बताए ।

सेवाप्रभावित नगर्न माग

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा कार्यरत प्राविधिक तथा अन्य कर्मचारीलाई विनाकारण कामचलाउ प्रदेश सरकारले हटाउन लागेकोमा एमाले मकवानपुरले ध्यानाकषर्ण भएको जनाएको छ ।एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेलले आज विज्ञप्ती जारी गर्दै स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा खेलवाड नगर्नका लागि आग्रह गरेका छन् । प्रदेशका मुख्यमन्त्री र स्वास्थ्य सचिवको गैह््रजिम्मेवारीपूर्ण निर्णयका कारण १४५ जना कर्मचारीको अवकाश गर्ने कार्यले हेटौंडा अस्पतालबाट आमनागरीकले पाउने स्वास्थ्यसुविधाबाट वञ्चित गर्ने तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई तहसनहस पार्ने मनसाय प्रष्ट देखिएको एमालेद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । यो कार्य तत्काल रोकी हेटौंडा अस्पतालको सेवासुविधा सुचारु गर्न नेकपा एमाले जोडदार माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

हाल वर्षाको समयमा आपतकालीन उद्दार र राहत पु¥याउन बढी भन्दा बढी प्राविधिक तथा अन्य जनशक्तिको आवस्यकता पर्ने हुँदा यस्तो समयमा राजनैतिक पूर्वाग्रहपूर्ण ढंगबाट प्राविधिक जनशक्ति सहित ठुलो संख्यामा रोजगारीबाट निकाल्ने र अस्पतालबाट दिईदै आएको सेवालाई प्रभावित पार्ने गरी हचुवाको भरमा कुनै वैकल्पिक व्यवस्था नगरी भएको यस्तो अमानवीय व्यवहारप्रति नेकपा एमालेको गंभिर ध्यानाकर्षण भएको जनाएको छ । तत्काल निर्णय सच्याई हाल निष्काशन गरिएका कर्मचारीको बहाली गरी हेटौंडा अस्पतालको विरामीको चापलाई ध्यानमा राखेर सेवा सुविधालाई निरन्तरता दिन समेत माग गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*