हासु एफसी मनहरीले जित्यो फुटबल उपाधि

साझाकुरा
२०८१ श्रावण २, बुधबार ०९:४७

हेटौंडा-मनहरी गाउँपालिका–८ बेलुवामा भएको प्रथम मिलन–धर्मराज स्मृति खुला नकआउट फुटबल प्रतियोगिताको उपाधी हासु एफसी मनहरीले जितेको छ ।हासु एफसी मनहरीले कैलाश गाउँपालिकाको टिमलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधिरक्षा गरेको हो । एफसी मनहरीका लागि विदेशी खेलाडी ग्लोरीले पहिलो हाफमा १ गोल र दोस्रो हाफमा १ गोल गरी २ गोल गर्न सफल भए । दोस्रो हाफमा मोहित गुरुङले १ गोल थपे । ग्लोरी र मोहितको गोलले मनहरीलाई उपाधि जिताएको हो ।

फाइनल खेलको म्यान अफ द म्याच हासुका जीत थापामगर घोषित भएका छन् ।प्रतियोगितामा १२ वटा क्लवको सहभागिता रहेको थियो । प्रतियोगिताको बिजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको विजेता र उपविजेता टिमलाई मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित हुँदै आयोजक सिम्पानी युथ क्लबका खेलाडी राहुल थापामगरले ७ हजार रुपैयाँ प्राप्त गरे । मगरलाई सानिमा लाइफ इन्सुरेन्सले ५ वर्षसम्मका लागि ५ लाख रुपैयाँ बराबरको जीवनबीमा गरिदिएको छ ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक हासुका बाबुराम चौधरी, उत्कृष्ट डिफेन्डर हासुकै छिरिङ लामा, मिडफिल्डर हासुकै राज थापामगर र सर्वाधिक गोलकर्ता कैलाशका अनिश चौधरी घोषित भएका छन् । उनीहरुलाई जनही ५ हजार रुपैयाँसहित ट्रफि प्रदान गरिएको छ । गत २०७९ पुस २८ गते सवारी दुर्घटनामा ज्यान गुमाएका सिमपानी युथ क्लवका खेलाडीद्वय मिलन र धर्मराज मोक्तानको स्मृतिमा क्लवले पहिलोपटक प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिता २० असारबाट सुरु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*