बागमती गाउँपालिकामा ५० लाख अनियमितता

साझाकुरा
२०८१ श्रावण ३, बिहीबार १२:५२

हेटौंडा-मकवानपुरको बागमती गाउँपालिकामा फर्निचरदेखि कम्प्युटर, ल्यापटप लगायतका विद्युतीय सामग्री खरिदमा अनियमितता भएको पाइएको छ ।टेण्डरमार्फत खरिद गर्नुपर्ने कार्यालयका सामानहरु कर्मचारी र जनप्रतिनिधिको मिलेमतोमा सोझै खरिद गरिएको भन्दै महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको हो ।विभिन्न सप्लायर्समार्फत् बजारमूल्य भन्दा धेरै मूल्य तिरेर सामग्री खरिद गरिएको पाइएको हो । सोझै सामग्री खरिद गरेकोमा महालेखा परीक्षकको कार्यालयले आपत्ति जनाएको छ ।

१० लाख भन्दा बढी मूल्यका सामान खरिद गर्दा टेण्डर गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ ।तर, ५० लाख २५ हजार १०४ रुपैयाँको बिभिन्न सामग्री सोभैm खरिद गरेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष २०७९÷८० मा कार्यालयका लागि चाहिने सामान सोझै खरिद गरेको हो । कार्यालयका लागि आवश्यक सामग्री विभिन्न समयमा कोटेसन मार्फत् खरिद गरिएको र महालेखाले एकमुष्ट रुपमा देखाएको बागमती गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानले दाबी गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*