हेटौंडामा कोरा साइकल ¥याली हुँदै

साझाकुरा
२०८१ श्रावण ३, बिहीबार १२:५३

हेटौंडा- हेटौंडामा आगामी शनिवार कोरा साइकल ¥याली हुने भएको छ । निरन्तर साइकल महोत्सव गर्दै आईरहेको हेटौंडा राइर्डरस क्लबले कोरा–२०२४ (सातौ संस्करण) आयोजना गर्ने भएको हो ।‘दिस इज नट अ रेस, एभ्री वन इज अ वीइनर’ स्लोगन राखेर सामूहिक रुपमा गरिने वृहत साइकल यात्राले सहरलाई साइकलसँग जोड्नुका साथै धार्मिक तीर्थस्थल र स्थानीय बस्तीलाई पहिचान गराउने उद्देश्यका साथ ¥याली आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । करिब ५० किलोमिटर दुरीमा हुने साइकल ¥यालीमा चितवन, बारा, पर्सालगायत काठमाडौंका २ सय ५० जना भन्दा बढी राईडरहरुको सहभागिता रहने अनुमान गरिएको क्लबका अध्यक्ष विकास ताम्राकारले बताए ।

हेटौंडाको भुटनदेवी मन्दिरबाट सुरु हुने ¥याली हेटौंडा बजार, सानोपोखरा, बनस्खण्डी, जलेश्वर महादेव मन्दिर, चौकीटोल, सामरी, शिखरकटेरी, सालकपार्क, राजदेवी हुँदै एक्लेखेत, हर्नामाडी, हटिया, चौघडा, पिप्ले, कान्तिराजपथ हुँदै बुद्धचोक, राईडर्सचोक लक्ष्मण साइकल अगाडि आई सम्पन्न हुनेछ । च्यालेन्जमा १२ वर्ष उमेर माथिका महिला, पुरुष दुवैले सहभागिता जनाउन सक्नेछन् । हालसम्म २ सय जनाले नाम दर्ता गराईसकेको अध्यक्ष ताम्राकारले बताए । कार्यक्रममा निःशुल्क जर्सीको व्यवस्था गरिएको छ । कार्यक्रम सम्पन्न गर्नका लागि कुल ५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*