कांग्रेस–एमालेसहित सत्तापक्षको मुख्यसचेतकमा बर्तौला

साझाकुरा
२०८१ श्रावण ३, बिहीबार १२:५६

हेटौंडा- मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सांसद महेशकुमार बर्तौला सत्तारुढ दलहरुको मुख्य सचेतकमा नियुक्त भएका छन् ।प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई बुधवार सत्तारुढ दलहरुको मुख्यसचेतक पदमा मनोनयन गरेका हुन् । नेकपा एमाले संसदीय दलको विधान २०७७ र संघीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा पाउने गरी बर्तौलालाई प्रतिनिधिसभामा मुख्यसचेतक पदमा साउन २ गतेबाट लागू हुनेगरी मनोनयन गरिएको जनाइएको छ ।

मुख्यसचेतकलाई सत्तारुढ दलबाट नियुक्त गर्ने गरिन्छ । मुख्यसचेतकले सत्तारुढ दलका प्रमुखसचेतकको समेत नेतृत्व गर्ने संसदीय व्यवस्था छ । बर्तौला यसअघि एमालेको सचेतक र प्रमुख सचेतक भएर काम गरिसकेका छन् । प्रत्यक्ष निर्वाचित सांसद बर्तौला पहिलोपटक प्रतिनिधिसभामा पुगेका हुन् । पहिलोपटकमै उनले निरन्तर राजनीतिक उपलब्धी हासिल गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*