प्रजिअ चिलुवाललाई राप्रपाले बुझायो ज्ञापनपत्र

साझाकुरा
२०८१ श्रावण ३, बिहीबार १२:५८

हेटौंडा-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले प्रमुख जिल्ला अधिकारी (सिडियो) तीर्थराज चिलुवाललाई ज्ञापनपत्र बुझाएको छ ।मकवानपुरमा फैलिएको रेबिजरोग नियन्त्रण र बैंकिंक क्षेत्रको नियमनका विषयमा ध्यानाकर्षण गराउँदै बुधबार सिडियो चिलुवाललाई तीनबुँद्धे ज्ञापनपत्र बुझाइएको हो । ज्ञापनपत्रमा मकवानपुरमा रेबिज लागेको कुकुरको उचित व्यवस्थापन नहुँदा टोकाईको कारण जनजीवन प्रभावित भएको स्थितिलाई तत्काल नियन्त्रण गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको विषयमा ऋृणीको घर, व्यवसायमा मानसिक यातना पुग्ने तनाव दिने प्रवृत्ति रोक्नुपर्ने लगायत विभिन्न विषयमा नियम बमोजिम गर्न गराउन र नियम बमोजिम दण्ड सजायको समेत सहजीकरण अबिलम्ब सम्बन्धित निकायबाट गराउने प्रबन्ध मिलाउन व्यवस्थान गर्न माग गरिएको छ ।

ज्ञापनपत्र बुझाउने क्रममा राप्रपा बागमती प्रदेश सचिव गुञ्जनबहादुर न्यौपाने, बागमती प्रदेश सदस्य नवराज थपलिया, जिल्ला उपाध्यक्ष अर्जुनप्रसाद गौतम, जिल्ला सह–कोषाध्यक्ष सन्दिपकुमार सापकोटा, क्षेत्रीय सचिव विकास दुलाल, युवा मोर्चा अध्यक्ष बिबेकबिक्रम शाह, हेटौंडा नगरअध्यक्ष अरुण लामालगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*