तिमल्सिनाको नेतृत्वमा प्राविधिक विभाग गठन

साझाकुरा
२०८१ श्रावण ६, आईतवार १३:५९

हेटौंडा- माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मकवानपुर जिल्ला कमिटी अन्तरगतको प्राविधिक विभाग मकवानपुरको शनिवार हेटौंडामा प्रथम भेला भएको छ ।भेलाले निर्मल तिमल्सिनाको अध्यक्षतामा १५ सदस्यीय प्राविधिक विभाग गठन गरेको हो । विभागको सचिवमा सुशान्त कोइराला चयन भएका छन् । त्यस्तै सदस्यहरुमा निलम पाख्रिन, सुमन श्रेष्ठ, आर्यन सिंह, अनुप थोकर, मनिष बलामी, प्रमिनगोपाल श्रेष्ठ, किशोर बम्जन, मनोज रसाईली चयन भएका छन् । विभागमा पछि चारजना सदस्य मनोनित गरिने जिल्ला अध्यक्ष बुद्ध अर्यालले जानकारी दिए ।

अनुसन्धानमूलक प्राविधिक शिक्षा र शैक्षिक बेरोजगारी अन्त्यका निम्ति, प्राबिधिक विभाग भन्ने सिद्धान्त अनुरुप अखिल क्रान्तिकारी मकवानपुरले प्राविधिक विभाग गठन गरेको अर्यालको भनाइ छ । नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्री कुमारी मोक्तानले समाज रुपान्तरणका लागि सूचना प्रविधिको भूमिका महत्वपूर्ण हुने बताइन् । मोक्तानले अबको क्रान्ति बिज्ञान र प्रविधिमा आधारित हुनुपर्ने बताइन् ।

भेलामा विशेष अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज बिजय गौतमले उन्नत बिचार समाजमा स्थापित गर्नको लागि सूचनाप्रविधिको सहि उपयोग गर्नुपर्ने बताए । अर्का विशेष अतिथि नेकपा माओवादी केन्द्र मकवानपुर संयोजक भीम पाख्रिनले वर्तमान युगमा सूचनाप्रविधिको भूमिका महत्वपूर्ण भएको बताए ।भेलामा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सचिवालय सदस्य ललितबहादुर घलान, प्रदेश कमिटी सचिवालय सदस्य बीरबहादुर घलान (ज्वाला), प्रदेश कमिटी सचिवालय सदस्य सर्केश घलान, हेटौंडा उपमहानगर कमिटी अध्यक्ष तीर्थबहादुर थापामगर, अखिल (क्रान्तिकारी) बागमती प्रदेश सचिव रामकृष्ण शिवाकोटी, मकवानपुर जिल्ला उपाध्यक्ष दीपक वाइवा, निरुता पाख्रिन, वाईसिएल हेटौंडा–५ का अध्यक्ष हरि ढकाल, अखिल क्रान्तिकारी जिल्ला कमिटी पदाधिकारी र सदस्यहरुलगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*