यातायात मन्त्री लम्सालद्वारा उपलब्धि सार्वजनिक

भावना रिजाल
२०८१ श्रावण ७, सोमबार १०:०६

हेटौंडा-बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले १४ महिनाको उपलब्धि सार्वजनिक गरेका छन् । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो कार्यकालमा श्रम रोजगार तथा यातायात क्षेत्रमा सम्पादन भएका प्रमुख कार्य र चालू आर्थिक वर्षका लागि बजेट मार्फत् सम्बोधन गरिएका कार्यक्रमको बारेमा जानकारी गराइएको हो ।मन्त्रालय सम्हालेको २०८० जेठ ७ गतेदेखि २०८१ साउन ६ सम्मको अवधिमा सम्पन्न कार्यलाई विवरणमा समेटिएको छ । प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने यातायात व्यवस्थापनसम्बन्धी संवैधानिक अधिकारलाई हस्तक्षेप गर्नै संघीय सरकराले निर्माण गरेको सहरीक्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण ऐन २०७९ खारेजी माग गर्दै कानूनी उपचार प्रक्रिया अगाडि बडाउनुलाई प्रमुख उपलब्धिमा समेटिएको छ । ऐनविरुद्ध दायर मुद्दा संवैधानिक ईजलाश र सर्वोच्च अदालतमा विचाराधीन छ ।

यातायातक्षेत्रलाई स्वचालित प्रविधिमा आधारित बनाउन निजी सवारीसाधनको कर भुक्तानी र बिलबुक नवीकरण र सार्वननिक यातायातको पटके इजाजत अनलाइन पद्धतिबाट सुरु गरिएको मन्त्री लम्सालले बताए । यस अवधिमा मन्त्रालयले काभ्रेपलाञ्चोक जिल्लामा यातायात व्यवस्था कार्यालय स्थापना गरी सेवा प्रारम्भ गरेको छ । काठमाडौंको गुर्जुधारामा यातायात व्यवस्था कार्यालय भवन निर्माण प्रक्रिया अगाडि बढाइएको मन्त्री लम्सालले जानकारी दिए ।

प्रदेश सरकारले सवारी चालक अनुमतिपत्रका लागि स्वास्थ्यपरीक्षण शुल्कमा एकरुपता कायम गर्न शुल्क निर्धारण गरी कार्यान्वयन गर्ने सुनिश्चितता गरेको छ । छिटो, सहज र प्रभावकारी सेवाप्रवाहका लागि मन्त्रालयले प्रिन्टिङ मेसिन र स्मार्ट कार्ड खरीद प्रक्रिया अगाडि बढाएको उनले बताए । मन्त्रालय अन्तर्गतका कार्यालयमा रेहका सवारी अभिलेखलाई डिजिटलाइज गर्ने तयारी भइरहेको उनले जानकारी दिए । मन्त्री लम्सालले चालू आर्थिक वर्षबाट सार्वजनिक सवारीमा ‘क्यास लेस प्रणाली’ लागू गर्नका लागि बजेट सुनिश्चितता भएको उल्लेख गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*