मकवानपुर क्याम्पसका प्राध्यापकलाई सम्मान

साझाकुरा
२०८१ श्रावण ७, सोमबार १०:१४

हेटौंडा- मकवानपुर बहुमुखी क्याम्पसमा रहेको स्ववियुले प्राध्यापकलाई सम्मान गरेको छ । गुरुपूर्णिमाको अवसरमा आइतबार प्राध्यापकलाई खादा ओढाउँदै मायाको चिनो दिएर सम्मान गरेको हो ।स्ववियु अध्यक्ष छोइसाङ स्याङ्तान लामाको अध्यक्षता तथा बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम भएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्तप्रसाद पौडेल, उपाध्यक्ष अशोक शाक्य, सदस्य विष्णुप्रसाद दाहाल, सर्केस घलान, क्याम्पसप्रमुख यम सिलवाल, पब्लिक क्याम्पस प्राध्यापक संघ मकवानपुर बहुमुखी क्याम्पस इकाई अध्यक्ष घनश्याम घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

स्ववियुले गुरु पूर्णिमाको अवसरमा हरेक वर्ष प्राध्यापकलाई सम्मान गर्दै आएको छ । कक्षा ११ र १२, स्नातक तथा स्नात्तकोत्तर तहसम्म पठनपाठन हुने मकवानपुर बहुमुखी क्याम्पसमा ५ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*