भुटनदेवीमा योजनाबद्ध शैक्षिक विकास कार्यशाला

साझाकुरा
२०८१ श्रावण ७, सोमबार १०:१९

हेटौंडा-मकवानपुर जिल्लाकै शैक्षिक क्षेत्रमा अगुवा र उत्कृष्ट सामुदायिक विद्यालय भुटनदेवी माद्यमिक विद्यालयले एकदिने वार्षिक योजना तथा बजेट निर्माण कार्यशाला–२०८१ सञ्चालन गरेको छ ।
२०८१ सालको एसईई परीक्षा गुणस्तरमा मकवानपुरकै प्रथम स्थान हासिल गर्न सफल विद्यालयले आगामी २०८१÷८२ मा अझ व्यवस्थित शैक्षिक योजनासहित अगाडि बढ्न कार्यशाला आयोजना गरिएको हो । कार्यशालामा भौतिक पूर्वाधार विकास, शैक्षिक विकास, विद्यार्थीको समग्र विकासको लागि अतिरिक्त क्रियाकलाप र श्रोतको खोजी, परिचालन र पारदर्शीता ४ वटा विषयमा समूह बनाई छलफल गरिएको थियो ।

छलफलपश्चचात भौतिक पूर्वाधार विकासबारे शिक्षक सरस्वती अधिकारी, शैक्षिक विकासबारे शिक्षक सूर्य घिमिरे, अतिरिक्त क्रियाकलापबारे शिक्षक सुमन श्रेष्ठ र श्रोतको खोजी, परिचालन र पारदर्शीताबारे बालकृष्ण दाहालले समूहका सुझाव प्रस्तुत गरेको विद्यालयका सप्रअ भरत पोखरेलले जानकारी दिए ।जनप्रतिनिधि, व्यवस्थापन समिति, शिक्षक र कर्मचारी सहभागिता रहेको कार्यशालाको उद्देश्यबारे विद्यालयका प्रधानाध्यापक माधव दाहालले प्रष्ट पारेका थिए । कार्यशालामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देलले योजनाबद्ध र व्यवस्थितरुपमा शैक्षिक विकास र उन्नयनको लागि अगाडि बढ्न कार्यशाला आयोजना गरिएको बताए । हेटौंडा–४ को वडाअध्यक्ष समेत रहेका सिग्देलले विकासको सबैभन्दा महत्वपूर्ण क्षेत्र शिक्षा भएकोले सामुदायिक र संस्थागत विद्यालयबीचको सहकार्य र प्रतिस्पर्धाद्वारा शिक्षामा गुणस्तर सुधार गर्न वडा कार्यालय लागिपरेको बताए ।

१२ कक्षासम्म अध्ययन हुने यस विद्यालयमा करिव २३ सय विद्यार्थी अध्ययनरत छन् । सिभिल ईन्जीनियरिङ, व्यवस्थापन, विज्ञान विषय र सिटिभिटीतर्फ ३ वर्षे डिप्लोमा ईन्जिनियरिङ विद्यालयले अध्यापन गराउँदै आएको छ । कार्यशालामा समूहगत छलफलबाट निकालिएको निष्कर्षलाई विद्यालयको आगामी कार्ययोजनाको रुपमा अगाडि बढाउन प्रधानाध्यापक माधव दाहालको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको सहप्रअ पोखरेलले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*