मन्त्री मोक्तान कार्यकालको उपलब्धी सार्वजनिक

साझाकुरा
२०८१ श्रावण ८, मंगलवार १०:४३

हेटौंडा-बागमती प्रदेश, सामाजिक विकास मन्त्री कुमारी मोक्तानले आफ्नो कार्यकालमा भएको महत्वपूर्ण उपलब्धि समेटिएको पुस्तक सार्वजनिक गरेकी छन् ।मन्त्री मोक्तानले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत् कार्यकालमा भएको मुख्य–मुख्य कार्य विवरण समेटिएको पुस्तक सार्वजनिक गरेकी हुन् । सार्वजनिक पुस्तिकामा मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने शिक्षा, गरिबी निवारण, महिला तथा बालबालिका, ज्येष्ठ नागरिक, अपा·ता भएका व्यक्ति, सामाजिक सुरक्षा, सीपमूलक तालिमको विषयमा भएको कार्य समेटिएको छ । यसैक्रममा उनले आफ्नो कार्यकालमा शिक्षाक्षेत्र सुधारमा उल्लेखनीय प्रगति भएको दाबी गरिन् ।

यसैगरी, प्रदेशका ३५ वटा स्थानीय तहसँगको साझेदारीमा गृहिणी महिला सशक्तिकरण कार्यक्रम सञ्चालन भइरहेको पनि उनले बताइन् । चेपाङ समुदायको उत्थानका लागि प्रदेशका ६ वटा स्थानीय तहमा चेपाङ, चमेरो र च्यूरी संरक्षण कार्यक्रम सुरु भएको उनको भनाई छ । उनी दोश्रो कार्यकालमा २०७९ माघ ११ गतेदेखि २०८१ साउन ६ गतेसम्म मन्त्री बनेकी थिइन् । उनी नेकपा माओवादीको तर्फबाट सरकारमा सहभागी भएकी हुन् ।

बाल सूधारगृहका ९० जना बालबालिकालाई जीवनपयोगी सीपयुक्त तालिम, स्थानीय तहका महिला तथा बालबालिका शाखाका जनशक्तिको लागि अभिमुखीकरण तथा समीक्षा कार्यक्रम गरिएको मन्त्री मोक्तानले बताइन् ।खेल क्षेत्रमा रंगशाला निर्माण, अन्तरप्रदेश खेलकुद प्रतियोगिता, खेलाडी सम्मान तथा नयाँ खेलाडी उत्पादन जस्ता कार्य सम्पन्न भएको मन्त्री मोक्तानको दाबी छ ।प्रदेशका ५० वटा सामुदायिक माध्यमिक विद्यालयमा बस खरिदमा सहयोग, ७७ वटा सामुदायिक माध्यमिक विद्यालयमा एक–एक जना मावि शिक्षक बराबर अनुदान प्रदान, १३ वटा सामुदायिक विद्यालयमा पुस्तकालय निर्माण, ३६ वटा सामुदायिक विद्यालयमा सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रमलाई प्रगति विवरण समावेश गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*