नेता लामाः गाविस अध्यक्ष हुँदै मुख्यमन्त्रीको यात्रामा

साझाकुरा
२०८१ श्रावण ९, बुधबार ११:०५

हेटौंडा- नेपाली कांग्रेसका संसदीय दलका नेता बहादुरसिं लामा बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । बुवा स्व.दीपबहादुर लामा तामाङ र आमा स्व पूर्णिमा लामा तामाङको कोखबाट ८ कार्तिक २०२७ मा नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा जन्मिएका उनी तामाङ समुदायबाट मुख्यमन्त्री बन्ने पहिलो भएका हुन् ।बागमतीमा नेपाली कांग्रेसबाट सरकारको नेतृत्व गर्ने पनि लामा पहिलो भए । लामाले गाउँकै विद्यालयबाट निमावि, सदरमुकाम बिदुरबाट एसएलसी तथा काठमाडौंको शंकरदेव क्याम्पसबाट स्नात्तकसम्मको शिक्षा हासिल गरेका छन् । २०४३ सालदेखि कांग्रेसको भातृ संघ नेपाल विद्यार्थी संघको सदस्यता हुँदै नेविसंघ शंकरदेव क्याम्पस ईकाई सदस्य, २०४५ मा नेबिसंघ नुवाकोट क्षेत्रीय सभापति, जिल्ला उपसभापति हुँदै कांग्रेस राजनीतिमा अगाडि बढेका थिए ।

लामा २०५४ सालको स्थानीय तहको निर्वाचनमा नुवाकोट तत्कालीन मनकामना गाविस अध्यक्षमा विजयी भएका हुन् । उनी पार्टीको १३ औं महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य तथा कांग्रेसको वर्तमान केन्द्रीय सदस्यरहे । २०६४ सालमा नुवाकोट क्षेत्र नम्बर ३ बाट संविधानसभा सदस्यमा पराजित भएका उनी २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन एकीकृत माओवादी (हालको नेकपा माओवादी केन्द्र) का महासचिव चर्चित नेता पोष्टबहादुर बोगटीलाई हराएर संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

२०७४ सालमा प्रतिनिधि सभा सदस्य तथा २०७९ सालमा बागमती प्रदेशसभा सदस्य निर्वाचित भएका लामा शेबहादुर देउवाका विश्वास पात्रका रुपमा चिनिन्छन् । लामा बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचित भए । २६ चैत २०८० मा सरकारमा आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेका उनी छोटो समयमै मुख्यमन्त्री बनेर सरकारमा फर्किए ।

यसमा तपाइको मत

Your email address will not be published.


*