पार्टी छोडेकाहरु मकवानपुर माओवादीमै फर्किए

साझाकुरा
२०८१ श्रावण १४, सोमबार ११:५१

हेटौंडा- विगतमा माओवादी केन्द्र छोडेर अन्य दलमा पुगेकासहित नयाँ कार्यकर्ताहरुको पार्टी प्रवेश कार्यक्रम पार्टी मुख्यालय पेरिसडाँडामा भयो ।पेरिसडाँडाबाट माओवादी अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले मकवानपुरका नेता, कार्यकर्तालाई पार्टीमा फर्काएका हुन् । नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दल परित्याग गरी मकवानपुर जिल्लाका ६० जनाभन्दा बढी नेता÷कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको दाबी माओवादी केन्द्र मकवानपुरले गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी सचिवालय सदस्य भुवन खनाल, राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुर क्षेत्र नम्बर १ उपसभापति जगदिश दाहाल, व्यवसायी विनोद न्यौपानेलगायत प्रवेश गरेका छन् ।खनाललगायतका नेताहरु विगतमा माओवादी केन्द्रकै नेताथिए । उद्धव देवकोटा, विकास श्रेष्ठ, राजु माझी, सुभाष लामिछाने र राजकुमार तामाङ, भीमप्रसाद विश्वकर्मा, किशोर श्रेष्ठ, विश्व गौतम र रोहित रिजाललगायतले माओवादी रोजेका छन् ।

कार्यक्रममा पार्टी उपाध्यक्ष एवं बागमती प्रदेश इन्चार्ज अग्निप्रसाद सापकोटा, पार्टी केन्द्रीय नेता कुमारी मोक्तान, रमेश मल्ल, विजय गौतम, प्रल्हाद लामिछाने, पार्टी प्रदेश उपाध्यक्ष प्रेमबहादुर पुलामी, पार्टी जिल्ला संयोजक भीम पाख्रिन, पार्टी जिल्ला सचिव बीरबहादुर घलान, पार्टी प्रदेश सचिवालय सदस्यहरु सर्केश घलान, ललित घलान, शुभरत्न गोले, प्रदेश सदस्यहरु बिबेक राई, लक्ष्मी माझी, रेखा पुलामी, सागर अर्याल र सम्पर्क समन्वय समितिका नेताहरु लगायतका नेताहरुको उपस्थिति थियो ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा एक्लै चुनाव लडेर जित्ने उद्देश्यका साथ अघि बढ्ने बताए । प्रचण्डले आगामी दिनमा पार्टीलाई रुपान्तरण सहित गतिशील बनाउँदै ८४ को निर्वाचनमा एक्लै चुनाव लडेर जित्ने उद्देश्यका साथ पार्टीमा छलफल चलिरहेको बताएका हुन् । उनले आफू नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र आर्थिक विकासको बाटोमा काम गरिरहँदा सुशासनको डरमा भ्रष्टहरु मिलेर आफू नेतृत्वको सरकारलाई ढालेको उल्लेख गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*