हेटौंडामा डेंगुविरुद्ध सचेतना ¥याली

साझाकुरा
२०८१ श्रावण १९, शनिबार १२:२०

हेटौंडा-मकवानपुरमा डेंगुविरुद्ध सचेतना अभियान सञ्चालन गरिएको छ । आफू बचौँ र अरुलाई पनि बचाऔँ भन्ने नाराका साथ हेटौँडामा डेंगुविरुद्ध सचेतनामूलक ¥याली गरिएको हो ।हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयको आयोजना एवम् सरोकारवाला निकायको संयुक्त प्रयासमा सचेतनामूलक ¥याली गरिएको हो । स्वास्थ्य केन्द्र, रेडक्रस, महिला समूह, विद्यार्थी, शिक्षक, क्याम्पसका प्रतिनिधि, नेपाल प्रहरी, नगर प्रहरी र प्रतिनिधिसहित सचेतनामूलक ¥याली हेटौंडाको पारिजातपथ, कर्रा, गर्दोइ हुँदै हुप्रचौरमा आएर समापन भएको थियो ।

मकवानपुरको हेटौंडा क्षेत्र गत आवमा पनि डेंगुबाट प्रभावित र उच्च जोखीममा परेको स्मरण गराउँदै अहिले सुरुवातदेखि नै वडावासीलाई माइकिङसहित सुरक्षित हुन आव्हान गरिएको ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलले बताए । मकवानपुरमा चालु आर्थिक वर्षको १ साउनदेखि १८ गते शुक्रबारसम्म २९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार ११ पुरुष र १८ महिलामा डेंगु संक्रमण पुष्टि भएको छ ।

जिल्लामा सबैभन्दा धेरै हेटौंडा उपमहानगरमा डेंगु संक्रमित भेटिएका छन् । यहाँ पुरुष ७ र महिला १६ सहित २३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । मकवानपुरगढी गाउँपालिकामा–२ पुरुष र २ महिलासहित चारजना तथा मनहरी र बकैया गाउँपालिकामा एक–एक जना पुरुषमा डेंगु संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए । गत २४ घण्टामा तीन जनामा डेंगु संक्रमित थपिएका छन् ।

डेंगु एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । बर्खा लागेसँगै लामखुट्टेले जमेका पानीमा फूल पार्ने गर्दछ । खासगरी वर्षाको पानी जम्ने टिनको भाँडा, पुरानो टायर, ड्रम, गमला र पानी टंयाकीमा यसले फूल पार्ने गर्दछ । यो रोग लागेपछि मानिसमा अत्यधिक ज्वरो आउने गर्दछ । मांसपेशी र हाडजोर्नी दुख्ने, शरीरमा बिमिराहरु देखापर्नेलगायत लक्षण यसमा देखिन्छन् । गत आर्थिक वर्ष २०८०–८१ मा ८९१ जना डेंगुबाट प्रभावित हुनुभएको थियो जसमध्ये ४५५ पुरुष र ४३६ महिला रहनुभएको छ । गत आवमा डेंगु संक्रमणका कारण जिल्लामा एक जनाको मृत्यु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*