हेटौंडामा बोतलसँग बिरुवा साट्ने अभियान जारी

साझाकुरा
२०८१ श्रावण २१, सोमबार ११:४७

हेटौंडा-हेटौंडाका विद्यार्थी युवाले दीगो भविष्यका लागि प्लाष्टिकरहित पृथ्वीको परिकल्पनासहित बोतलसँग विरुवा साट्ने अभियान चलाइरहेका छन् ।वनविज्ञान अध्ययन संस्थान हेटौंडा क्याम्पसमा अध्यनरत विद्यार्थीले हरित सहरको परिकल्पना र सफा, स्वच्छ सहरीकरणमार्फत दिगो भविष्य स्थापनाका लागि भन्दै प्लाष्टिकको बोतलसँग बिरुवा साट्ने अभियान थालेका हुन् । क्रियसन नेपाल नामक संस्थाको आयोजनामा हेटौंडा–४ स्थित हुप्राचौरमा प्लाष्टिकको बोतलसँग बिरुवा साट्ने कार्यक्रम भएको थियो । एनवाइसिए हेटौंडा, रोट्याक्ट क्लब अफ हेटौंडा र द क्यान्डिड स्टुडियोको समन्वयमा भएको कार्यक्रममा हेटौंडा–४ का अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यता थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष सिग्देलले युवाले अघि सारेको प्लाष्टिकको बोतलसँग बिरुवा साट्ने अभियानले वातावरण जोगाउन नागरिकमा सचेतना फैलाउन मद्दत गर्ने विश्वास व्यक्त गरे । उनले ८ वटा खाली बोतलसँग एउटा बिरुवा साट्ने अभियान फरकढंगको तर, प्रभावकारी लागेको बताए । कार्यक्रममा सहभागी रोट्रयाक्ट क्लब अफ हेटौंडाकी अध्यक्ष सुमित्रा लामाले आफूले जम्मा गरेको बोतलसँग बिरुवा साट्न पाउँदा खुशी व्यक्त गरिन् ।उनले प्रयोगविहिन वस्तु लिएर, वातावरण सुधारमा महत्वपूर्ण भूमिका खेल्ने बिरुवा प्रदान गर्ने अभियान उदाहरणीय रहेको बताइन् ।

भीएफसी युथ हेटौंडाका भोलेन्टिएर अभिशेक चन्द र प्रतिक्षा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा युवा, ज्येष्ठ नागरिक, बालबालिका गरी करिव ५५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीबाट करिव ५ सय ओटा प्लाष्टिकका बोतलसँग ९० ओटा बिरुवा साटिएको भीयफसी भोलेन्टिएर सृजना सुबेदीले जानकारी दिइन् ।कार्यक्रमका लागि डिभिजन वन कार्यालय मकवानपुर र डिभिजन वन कार्यालय राप्ती, मनहरीबाट बिरुवा उपलब्ध भएको र आगामी दिनमा पनि वातावरण जोगाउन सचेताना फैलाउने खालका कार्यक्रम लिएर आउने आयोजक कमिटीका निश्चल भट्टले जानकारी दिए । अभियानअन्तर्गत्को कार्यक्रममा युथ समूहका १० जना पदाधिकारीलगायतको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*