सरकारी अस्पतालमा डेंगुको उपचार निःशुल्क

साझाकुरा
२०८१ श्रावण २४, बिहीबार १०:४२

हेटौंडा-सरकारले डेंगु संक्रमितको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितीमा मन्त्रालय तथा अन्तर्गतका विभाग, संघीय अस्पताल, महाशाखा, केन्द्र, स्वास्थ्य प्रतिष्ठान तथा मेडिकल कलेजका प्रमुखसँग भएको छलफल पश्चात यो निर्णय गरिएको हो ।मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार बैठकले आ–आफ्नो कार्यालयमा सतर्कता र सचेतनाका कार्यक्रम संचालन गर्ने, डेंगु डेस्क स्थापना गरी फोकल पर्सन तोक्ने र सरकारी अस्पतालमा बिरामीको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । नेपालका ७३ वटा जिल्लामा २ हजार ३६५ डेंगु संक्रमित पुष्टी भएका छन् । जसमध्ये तनहुँमा ५० वर्षीय एक पुरुषको मृत्यु भएको छ ।

यसवर्ष सबैभन्दा बढी बागमती प्रदेशमा डेंगु संक्रमित भेटिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार बागमतीमा ७४७, कोशीमा ५३७, गण्डकीमा ५०८, लुम्बिनीमा २४७, सुदुरपश्चिममा २४२, मधेशमा ४७ र कर्णाली प्रदेशमा ३८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।‘अघिल्लो वर्षको तुलनामा बिरामीको संख्यामा वृद्धि भएको छैन तर, जोखिम भने कायम नै छ,’ डा. बुढाथोकीले भने, ‘मन्त्रालय तथा मन्त्रालय मातहतका निकायले डेंगुकोे निरन्तर निरागनी र पूर्वतयारी तथा प्रतिकार्यको गतिविधि सञ्चालन गरिरहेको छ ।,’

यसमा तपाइको मत

Your email address will not be published.


*