बकैयामा पाँच दलले लगाएको ताला खुल्यो

साझाकुरा
२०८१ भाद्र ५, बुधबार ११:२९

हेटौंडा- मकवानपुरको पूर्वीक्षेत्रस्थित बकैया गाउँपालिकामा पाँच राजनीतिक दलले लगाएको ताला खुलेको छ । पाँच राजनीतिक दल र पालिकाबीच भएको १० बुँदे सहमतिपछि पालिकामा लगाएको ताला खुलेको हो ।मंगलबार भएको छलफल पछि पालिकामा आइतबारदेखि लागेको ताला खोल्ने सहमति भएको छ । छलफलमा शिक्षा, स्वास्थ्यसम्बन्धी हरेक निर्णय गर्दा शिक्षा समिति, सामाजिक विकास समितिबाट निर्णय गरेको कुरालाई कार्यपालिकाबाट कार्यान्वयन गराउने, शिक्षाप्रमुखबाट कारवाहीस्वरुप लिइएको प्रअको राजिनामा फिर्ता हुने र शिक्षा प्रमुखसँग स्पष्टिकरण लिने, सवारी साधन र इन्धनको आवश्यकता अनुसार मात्र प्रयोग गर्न गराउने, बीमा र निःशुल्क प्राप्त हुने औषधि सम्पूर्ण स्वास्थ्य संस्थाको हकमा यथाशीघ्र व्यवस्था मिलाउने, स्वास्थ्यमा देखिएको कर्मचारीको समस्या कार्यपालिकाबाट निर्णय गराई कार्यान्वयन गराउने सहमति भएको छ ।

त्यस्तै, वन तथा वातावरण समितिलाई क्रियाशील गराउने, कर्मचारी नियुक्ति गर्दा नियमअनुसार संस्थागत गर्ने, राजस्वलाई गापाभित्र पर्ने फास्ट ट्रयाक र गिटी बालुवाको कडाइका साथ अनुगमन गर्ने, गापाबाट भएको निर्णयप्रति आएको जनगुनासोलाई सम्बन्धित पक्षसँग छलफल गरी समाधान गर्दै जाने सहमति भएको छ ।छलफलमा गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्तबहादुर खत्री, राजनीतिक दलको तर्फबाट नेकपा एमालेका नारायण प्रसाद तिमल्सिना र गोपाल दाहाल, नेकपा माओवादी केन्द्रका जीवन गोले र बिमल नेपाल, रास्वपाबाट अमर दंगाल र छोटेलाल जिम्बा, एकीकृत समाजवादीबाट प्रकाश बस्नेत र नेकपा (बहुमत) प्रल्हाद गौतम लगायतको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*