बागमतीका मुख्यन्यायाधिवक्ता काफ्लेको शपथ

साझाकुरा
२०८१ भाद्र ७, शुक्रबार १०:३३

हेटौंडा- बागमती प्रदेशका मुख्यन्यायाधिवक्ता शुकदेव काफ्लेले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । बिहीबार प्रदेशप्रमुख कार्यालय हेटौंडामा नवनियुक्त मुख्यन्यायाधिवक्ता काफ्लेले शपथग्रहण गरेका हुन् ।प्रदेशप्रमुख दीपकप्रसाद देवकोटा र मुख्यमन्त्री बहादुरसिंह लामाको उपस्थितिमा मुख्य न्यायाधिवक्ता काफ्लेले शपथग्रहण गरेका हुन् । उच्चअदालत पाटनका मुख्यन्यायाधीश नृपध्वज निरौलाले मुख्यन्यायाधिवक्ता काफ्लेलाई शपथग्रहण गराएका हुन् ।

गत भदौ २ गते प्रदेशप्रमुख देवकोटाले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम दोलखा तामाकोशी गाउँपालिका–३ का काफ्लेलाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन् ।मुख्यमन्त्री लामाको सिफारिसमा प्रदेशप्रमुख देवकोटाले काफ्लेलाई मुख्यन्यायाधिवक्तामा नियुक्त गरेका थिए ।

२५ वर्षदेखि कानुन व्यवसायीको रुपमा कार्य गर्दै आएका काफ्लेले यसअघि पूर्वकानुन तथा न्यायमन्त्री भीमबहादुर तामाङ र पूर्वमहिला तथा समाजकल्याण मन्त्री लीला कोइरालाको सल्लाहकार भएर काम गरेका थिए । नेपाल बार एसोसिएसनको सदस्य रहेका काफ्ले नेपाल बार एसोसिएसन र काठमाडौं जिल्ला बारका विभिन्न समितिमा ससंलग्न भई काम गरिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*