सिमलटारमा पहिलोपटक जिल्ला लिग फुटबल प्रतियोगिता

साझाकुरा
२०८१ भाद्र १५, शनिबार १७:२७

हेटौंडा-हेटौंडा उपमहानगर–११ नम्बर वडाको सिमलटार खेलमैदानमा पहिलोपटक मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिता–२०८१ को शुभारम्भ गरिएको छ । शुभारम्भ खेलको उद्घाटन हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाले गरिन् । पहिलो खेल न्यु डाँफे र महाबीर क्लबबीच भएको हो । पहिलो खेलमा न्यु डाँफेले महाबीरलाई सुन्यको विरुद्ध ७ गोलले पराजित गरेको छ । खेल सुरु भएको २० मिनेटमा डाँफेका जर्सी नम्बर ७ का खेलाडी अभिषेक बल तामाङले १ गोल गरेका थिए भने ४५ मिनेट पछि डाँफेकै जर्सी नम्बर २१ का निसल थापाले अर्को १ गोल थपे ।

यसैगरी क्रमश रितेश श्रेष्ठले १, बोदकुमार वाइबाले १ र शुसान्त तामाङ्ले २ गोल गरेका थिए । न्यु डाँफे क्लबका जर्सी नम्बर १० का खेलाडी शुसान्त तामाङ धेरै गोल गरी म्यान अफ दि म्याच उपाधि जित्न सफल भए । खेलमैदान निर्माण भएपछि वडाकप मात्र भएको चउरमा करिब ४५ वटा जिल्ला लिग गेम हुने मकवानपुर फुटबल संघका जिल्ला उपाध्यक्ष तथा फुटबल प्रतियोगिताका संयोजक
युवराज लामाले जानकारी दिए ।

हेटौंडा–६ गौरिटार रंगशाला र सिमलटार खेलमैदान गरी ९० वटा गेम हुने फुटबल संघले जनाएको छ । १५ गते शनिबार सिमलटार खेलमैदानमा दिनको १ बजे सक्षम युवा क्लब र हेटौंडा भेट्रान्सबीच र दिनको ४ बजे आरआर एफसी र एफसी ईन्टरनेट क्लबबीच प्रतिस्पर्धा हुनेछ । यसैगरी गौरीटार रंगशाला मा शनिबारै दिनको १ बजे परेली युवा क्लब र बिजयी युथ क्लबबीच र ४ बजे गोर्खा ब्वाइज क्लब र एफसी ईन्टरनेट क्लबबीच प्रतिस्पर्धा हुने संंघका महासचिव छवि सुवेदीले जानकारी दिए ।

फुटबल संघ मकवानपुरका अध्यक्ष टीकाराम लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा उपमेयर राजेश बानियाँ, हेटौंडा–११ की वडाअध्यक्ष जुना दाहाल, १४ नम्बरका वडाअध्यक्ष दीपक खड्का, ६ का वडाध्यक्ष बिष्णुबहादुर दाहाल, १७ का वडाध्यक्ष उद्दव सत्याल, वडासदस्य विकास नेपाल, गोपिनी सापकोटा, गीता सुनार, सिमलटार टोलविकास संस्थाका अध्यक्ष सूर्यमान लामा, सिमलटार युवा क्लबका अध्यक्ष प्रभाकर पुडासैनी लगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*