सरकारी अस्पतालको ओपीडी पर्व बिदामा पनि खोल्नुपर्ने

साझाकुरा
२०८१ भाद्र १९, बुधबार ०९:५०

हेटौंडा-सरकारी अस्पतालले शनिबारबाहेकका धेरैजसो सार्वजनिक बिदामा बहिरंग (ओपीडी) सेवा सञ्चालन गर्नुपर्ने भएको छ ।मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै पर्व, जात्रा, दिवश,जन्मजयन्ती जस्ता सार्बजनिक बिदामा ओपीडी सञ्चालन गर्न केन्द्रीय, प्रादेशिक र स्थानीय तहका अस्पताललाई निर्देशन दिएको हो । मन्त्रालयका अनुसार पर्व बिदा अन्तर्गत रामनवमी, चण्डीपूर्णिमा (वैशाख पूर्णिमा), उभौलीपर्व, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, क्रिसमस डे, धान्यपूर्णिमा, तमु ल्होसार, माघीपर्व, सोनाम ल्होसार, महाशिवरात्री, ग्याल्पो ल्होसार, ईद, बकरईदमासरकारी अस्पतालमा ओपीडी खोल्नुपर्नेछ ।

जात्रा बिदाअन्तर्गत गाईजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, घोडेजात्रा रहेका छन् । त्यसैगरी सार्वजनिक दिवश अन्तर्गत गणतन्त्र दिवस, शहीद दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस, अन्तर्राष्ट्रिय महिला दिवस रहेको छ । जन्मजयन्ती बिदा अन्तर्गत बुद्धजयन्ती, पृथ्वीजयन्तीमा पनि ओपीडी खुला हुनेछन् ।

तर, नेपाल चिकित्सक संघले सरकारले दिएको निर्देशनप्रति आपत्ति जनाएको छ ।संघले विज्ञप्ति जारी गरी चिकित्सक तथा स्वास्थ्यकर्मीको शारीरिक तथा मानसिक स्वास्थ्यको बेवास्ता गर्दैै सरकारले गरेको निर्णय अव्यवहारिक र अवैज्ञानिक भएको जनाएको छ । निर्णय तुरुन्तै फिर्ता लिन पनि माग गरेको छ । स्वास्थ्यकर्मीलाई आराम गर्नका लागि हप्ताको दुईदिन बिदा दिने अन्तर्राष्ट्रिय प्रचलन रहेको तर, नेपालमा सार्वजानिक बिदाको दिनमा पनि ओपीडी सेवा सञ्चालन गर्ने निर्णय गर्नु अवैज्ञानिक भएको संघको ठहर छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*