आशा विशेष पाठशालाप्रति मन्त्री काफ्लेको प्रतिबद्धता

साझाकुरा
२०८१ भाद्र २८, शुक्रबार १२:४४

हेटौंडा, २७ भदौ÷ हेटौंडा–७ स्थित आशा विशेष पाठशाला तथा पुनस्थापना केन्द्रको व्यवस्थापनमा आफूले सहयोग गर्ने बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले बताएका छन् । शारीरिक अशक्त बालबालिकाको लागि सरकारले गर्नुपर्ने दायित्व आशा विशेष पाठशालाले निर्वाह गरेको बताउँदै मन्त्री काफ्लेले आगामी दिनमा आफूले नीतिगतरुपमै सहयोग गर्ने बताए । विहीबार भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री काफ्लेले अशक्त बालबालिकाको क्षेत्रमा आशा विशेष पाठशालाले गरेको कामको प्रसंशा गरे । आउँदो दिनमा प्रदेश सरकारले नीतिमा आधारित बजेट छुट्टयाउने प्रतिबद्घता समेत उनले प्रकट गरे ।

‘कस्तो विडम्बना छ, एकातिर नेपाली युवाको विदेशिने लहर छ । अर्कोतिर विदेशी चेलीले हाम्रो देशमा आएर समाज सुधार अभियान चलाइरहेकी छन्, मन्त्री काफ्लेले भने, ‘अब हाम्रो देश बनाउनेतर्फ सरकारसँगै युवाले पनि हातेमालो गर्न जरुरी छ ।’ हाल आशा फाउण्डेशनले हेटौंडासँगै ललितपुरको सानेपामा आशा विशेष पूर्वव्यवसायिक शिक्षा तथा सीपमूलक तालिम केन्द्र सञ्चालन गरी १८ वर्ष माथिका शारीरिक तथा बौद्धिक अपा·ता भएका विद्यार्थीलाई शिक्षा प्रदान गर्दै आएको छ ।

जन्मजात बौद्धिक अपा· भएका बालबालिकाको संरक्षण, हेरचाह, शिक्षालगायतको काम गदै आएको आशा विद्यालयलाई बागमती प्रदेश सरकार र आर्थिक मामिला मन्त्री काफ्लेको प्रतिबद्घता अनुसार आवश्यक सहयोग प्राप्त हुने कुरामा आफूहरु विश्वस्त रहेको आशा विशेष पाठशालाका अध्यक्ष बालकृष्ण चौलागाईंले बताए । आशा विशेष पाठशाला तथा पुनस्र्थापना केन्द्रको सञ्चालक संस्था सि आशा फाउन्डेशनकी संरक्षक आइना बार्का पढाइको सिलसिलामा पहिलो पटक सन् २०१२ मा नेपाल आएकी थिइन् ।

युनिभर्सिटी अफ बार्सिलोनामा ‘सोसल वर्क’ पढिरहेकी आइना त्यतिबेला २१ वर्षकी रहेको उनी बताउँछिन् । आफ्नो देशमा पनि बौद्धिक अपा·ता भएकाहरुसँग काम गरिरहेकी आइना यस्तै व्यक्तिबारे थप जानकारी लिने उद्देश्यले नेपाल आएकी बताइन् । तर, पहिलोपटक नेपाल भ्रमण गरेपछि उनको जीवन नै परिवर्तन भएको आइनाको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*