हातेमालो सहकारीको कूल पुँजी साढे ६८ करोड

साझाकुरा
२०८१ भाद्र ३०, आईतवार ११:१६

हेटौं-हेटौंडा उपमहानगरपालिका–२, संगमचोकस्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाको शनिबार १८ औं वार्षिक साधारणसभा भएको छ ।सहकारीका अध्यक्ष हरिप्रसाद पौडेलको सभाध्यक्षता तथा बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो । साधारण सभामा प्रस्तुत आर्थिक प्रतिवेदनअनुसार सहकारीकोे आव २०८०÷८१ सम्मको कूल पुँजी ६८ करोड ५५ लाख ९४ हजार ७६४ रुपैयाँ रहेको छ । ६ करोड ४२ लाख ९ हजार ८ सय शेयरपुजीँ रहेको सहकारीले उल्लेख गरेको छ ।

आफ्ना सदस्यलाई ५२ करोड ८८ लाख ४१ हजार २६ रुपैयाँ कर्जा लगानी गरेको संस्थाका व्यवस्थापक रमलाकुमारी सापकोटाले जानकारी दिएकी छन् । उनका अनुसार सहकारीमा ५३ करोड २५ लाख १४ हजार ८४५ बचत निक्षेप, चार करोड ५ लाख ७६ हजार ९ रुपैयाँ जगेडा कोष रहेको छ । सहकारीले चालू आव २०८१÷८२ का लागि ७५ करोड ६० लाख बराबरको कारोबार गर्ने लक्ष्य राखेको छ ।साधारणसभालाई सम्बोधन गर्दै बोर्डका कार्यकारी उपाध्यक्ष देवकोटाले सहकारी क्षेत्रको पछिल्लो राष्ट्रिय घटनाले सबैक्षेत्रका सहकारीका सदस्यहरु त्रसित हुनुपर्ने अवस्था सिर्जना भएको बताए । उनले हाम्रोतिर भने भाखा नाघेको ऋणले गर्दा प्रायः सहकारीमा समस्या भइरहेको बताए । बचतसँगै ऋणको कारोबार गर्ने सहकारीले भाखा नाघेको अवस्थामा सहकारीलाई कारोबार गर्न असहज परिस्थिति सिर्जना भएको उनको भनाई छ ।

उत्पादनसँग जोडिएर कर्जा लगानी गर्न आग्रह गर्दै सदस्यलाई व्यवसायिक बनाउन सीपमूलक तालिम दिनुपर्ने बताए । साधारणसभाकै अवसर पारेर विभिन्न विधामा सदस्यहरुलाई सम्मान तथा पुरस्कृत समेत गरिएको थियो । सहकारीले पूर्वसमितितर्फ निवर्तमान उपाध्यक्ष राजु ढकाल र सदस्य अर्जुनप्रसाद विडारीलाई सम्मान गरेको थियो । यसैगरी संस्थाको कार्यसम्पादनका उत्कृष्ट भई  संस्थाकाव्यवस्थापक रमलाकुमारी सापकोटा र कार्यालय सहायक पुष्पराज दाहाललाई नगद सहित वर्ष उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरिएको थियो ।त्यस्तै, जेष्ठ सदस्यतर्फ जीवनाथ सुवेदी र यशोदादेवी चौरेल, उत्कृष्ट बचतकर्तातर्फ जर्नादनप्रसाद अधिकारी र सुष्मा कुईँकेल लामिछाने, असल ऋणीतर्फ ध्रुवप्रसाद देवकोटा र गुराँस माझीलाई पुरस्कृत गरिएको थियो । सहकारीले बालबोध माविकी छात्रा कृतिका घिमिरेलाई आठ हजार रुपैयाँ हातेमालो छात्रवृत्ति प्रदान गरेको छ ।

एस्ईइमा उत्कृष्ट हुने सामुदायिकतर्फका प्रकृति दाहाल, प्रशन्न चौलागाई र भवानी भट्ट, संस्थागततर्फ सुमिन मानन्धर र रस्मिता सुवेदीलाई र प्लस टुतर्फ कृशल राई र कृति सापकोटालाई पुरस्कृत गरिएको सहकारीले जनाएको छ ।साधारणसभा कार्यक्रममा हेटौंडा उपमहानगरपालिका उद्योग, पर्यटन तथा सहकारी शाखाप्रमुख हिमप्रसाद पौडेल, दिव्यतारा बहुउद्देश्यीय सहकारीका अध्यक्ष डा. गणेश लामा, जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष मीनाकुमारी चौरेल, प्रगति नमुना साकोसका अध्यक्ष मीठाराम दाहाल, साइराम साकोसका अध्यक्ष राजेन्द्रप्रसाद पौडेल, युवा साकोसका अध्यक्ष राजु गौतम, हातेमालो सहकारीका सल्लाहकारहरु नुरप्रसाद गौतम, राजु ढकाल, अरुणकुमार नेपाल, संस्थाका लेखासमिति संयोजक नारायणप्रसाद रेग्मी, उपाध्यक्ष केशवप्रसाद धिताललगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*