प्रधानमन्त्री २ पटक मात्र बन्न पाउने व्यवस्थाका लागि छलफल

साझाकुरा
२०८१ भाद्र ३१, सोमबार ११:३५

हेटौंडा- संविधान संशोधनको बहस भइरहेका सन्दर्भमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकको कार्यकारी प्रधानमन्त्री दुईपटकसम्म मात्रै बन्न पाउने व्यवस्थाका लागि छलफल भइरहेको बताएका छन् ।हेटौंडामा आयोजित संवाद कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्यसमेत रहेका शर्माले नेपालमा राष्ट्रपति एक पटक र प्रधानमन्त्री २ पटकमात्र बन्न पाउने व्यवस्थाका लागि छलफल चलाइरहेको बताएका हुन् । शर्माले नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पनि प्रधानमन्त्री दुई पटकसम्म मात्रै बन्न पाउने संवैधानिक व्यवस्था हुनुपर्ने प्रशंग उठाएका थिए । उनले त्यही प्रशंस हेटौंडामा पनि पार्टीका नेता, कार्यकर्ता माझ राखेका हुन् ।

संविधानमा नै ५ वर्षसम्म सरकार चलाउन पाउने व्यवस्था उल्लेख गर्न जरुरी रहेको बताएका छन् । आइतबार कांग्रेसको केन्द्रीय–स्थानीय समन्वय विभागले हेटौंडामा आयोजना गरेको अन्तरसंवादमा बोल्दै महामन्त्री शर्माले २०८४ पछि प्रधानमन्त्री बन्ने मानिस मुलुकले चिनिसकेको बताए । देशमा सरकार बनाउने र ढलाउने खेल चलिरहेको र सोही अनुसारको भाष्य निर्माण गर्ने प्रयत्न भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

उनले पार्टी र सरकारको नेतृत्वमा पुस्तान्तरण आवश्यक रहेको औँल्याए । उनले पार्टी सभापति शेरबहादुर देउवाले मुलुक र पार्टीका लागि धेरै योगदान पु¥याइसकेकोले अब त्याग गर्ने बेला आएको बताए । ‘हाम्रो सभापतिको नेतृत्वमा सबै काम भयो । अब त्याग गर्नुपर्ने अवस्था छ । सभापतिज्यूलाई अनुरोध छ केपी शर्मा ओलीपछि आफ्नो समकालीन कुनै साथीलाई प्रधानमन्त्री बनाउनुहोस् । २०८४ पछि कसलाई बनाउने हामी चिन्तन गरौँला,’ उनले भने ।

स्थानीय तहबाट निर्वाचित कांग्रेसका जनप्रतिनिधिलाई उनले नागरिकले स–सानो सुधार खोजेको बताए । मुस्कानसहितको सेवा नभई मुस्कुराउँदै जाने, मुस्कान दिने सेवा खोजेको उनको भनाई छ । स्थानीय तहका जनप्रतिनिधिले घोषणापत्रमा लेखिएको अनुसार के कति काम भयो भनेर स्वमूल्यांकन गर्नुपर्ने उनले बताए । महामन्त्री शर्माले सहकारीको रकम अपचलनको आरोप लागेका कांग्रेस उपसभापति धनराज गुरुङमाथि गहिरो छानबीन हुनुपर्ने माग गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*