वडास्तरीय क्रिकेट प्रतियोगितामा सोमबार ३ खेल

साझाकुरा
२०८१ आश्विन १, मंगलवार ११:२०

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–८ मा जारी वडास्तरीय टि–२० क्रिकेट प्रतियोगितामा सोमबार ३ वटा खेल भएका छन् । चन्द्रोदय माविको मैदानमा सोमबार भएका खेलमा हेटौंडा–२, हेटौंडा–८ ए र हेटौंडा–१६ विजयी भएको छ ।पहिलो खेलमा हेटौंडा–९ बि लाई हेटौंडा २ ले ५ विकेटले पराजित गरेको हो । खेलको म्यान अफ दि म्याच हेटौंडा–२ का सुबोध कंसाकार घोषित भए । यसैगरी दोश्रो खेलमा हेटौंडा–१८ लाई हेटौंडा–८ ए ले ४ विकेटले पराजित गरेको हो । ८२ रनको बिजयी लक्ष्य पछ्याएको हेटौंडा–८ ए ले १२ दशमलब ५ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेटाएको हो । यो खेलमा हेटौंडा–८ ए का सुरज भट्टराई म्यान अफ दि म्याच घोषित भए ।

यसैगरी, सोमबारको अन्तिम खेलमा हेटौंडा–१६ चार विकेटले बिजयी भएको हो । ९६ रनको बिजयी लक्ष्य पछ्याएको हेटौंडा–१६ ले १७ दशमलब २ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेटाएको हो । खेलको म्यान अफ दि म्याच अनिश सापकोटा घोषित भए । असोज ५ गतेसम्म हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार, द्वितीय हुने टिमले नगद २५ हजार प्राप्त गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*