बागमती सरकारद्वारा कृतिम खुट्टा र ह्विल चेयर सहयोग

साझाकुरा
२०८१ आश्विन ४, शुक्रबार १०:४६

हेटौंडा- संविधान दिवसको अबसरमा काठमाडौंस्थित पशुपति गौशाला धर्मशालामा अपा·ता भएका व्यक्तिलाई कृतिम खुट्टा र ह्विल चेयर उपलब्ध गराइएको छ ।बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय, मारवाडी सेवा समिति नेपाल र पशुपति गौशाला धर्मशालाद्वारा संयुक्तरुपमा कृतिम खुट्टा र ह्विल चेयर निःशुल्क वितरण गरिएको हो । बागमतीका स्वास्थ्यमन्त्री किरण थापाले अपा·ता भएका व्यक्तिलाई कृतिम खुट्टा र ह्विल चेयर वितरण गरे । ७ जनालाई ९ वटा कृतिम खुट्टा र ६ जनालाई व्हिल चेयर उपलब्ध गराइएको छ ।

मन्त्री थापाले मानवीय सेवामा बागमती सरकार सदैव तत्पर रहेको बताए । खुट्टा नभएकै कारण कष्ट खेप्नुपरेको अपा·ता भएका व्यक्तिको भावना बुझेर सहयोग गरिएको उनले बताए । ‘अशक्तको सारथी बन्नुपर्छ भनेर संविधान दिवसका दिन सहयोग उपलब्ध गराइएको हो । विगतमा पनि आफूले व्यक्तिगत रुपमै स्वास्थ्य सामग्री सहयोग गर्दै आएको छु’ उनले भने ।मारवाडी सेवा समिति नेपाल र पशुपति गौशाला धर्मशाला लगायतका संस्थासँग निःशुल्क शवबाहन सञ्चालन, अस्पतालमा प्रतिछाक ४० रुपैयाँँमा खाना खुवाउने कार्यको पनि सम्झौता हुने क्रममा रहेको मन्त्री थापाले जानकारी गराए । शुद्ध पिउने पानीको लागि विभिन्न अस्पतालमा ४ लाख बराबरको वाटर प्युरिफायर पनि राख्ने तयारी भएको उनको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*