आयोजकले जित्यो टी–२० क्रिकेटको उपाधि

साझाकुरा
२०८१ आश्विन ७, सोमबार ०९:५९

हेटौंडा- हेटौंडामा जारी वडास्तरीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि आयोजक नेपाल खेलकुद महासंघ ८ नम्बर वडाले हात पारेको छ ।हेटौंडा–८, कमानेस्थित चन्द्रोदय माविको खेलमैदानमा शनिबारको फाइनल खेलमा वडा नम्बर ९ को ए टिमलाई ५ विकेटले पराजित गर्दै आयोजकले प्रथम टी–२० वडास्तरीय क्रिकेटको उपाधि जितेको हो । उपाधिसँगै आयोजकले नगद ५० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको हो । उपविजेतामा चित्त बुझाएको ९ एले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त ग¥यो ।

टस जितेर आयोजक टिमले ब्याटिङको निम्तो दिएपछि हेटौंडा–९ ए ले ९ विकेटको क्षतिमा १५२ रन जोड्यो । ९ ए का लागि क्याप्टेन युविन बुढाथोकीले अविजित ९२ रन बनाए । १५३ रनको विजयी लक्ष्यसहित ब्याटिङको लागि मैदान उत्रिएको आयोजक खेलकुद महासंघले ११ ओभर ५ बलमा लक्ष्य भेट्टायो । आयोजक टिमका लागि रमेश उपाध्यायले ३४ बलमा अविजित रहँदै ७४ रन बनाए ।

शुक्रबारको पहिलो सेमीफाइनल खेलबाट हेटौंडा–८ ‘ए’ लाई १०२ रनले हराउँदै आयोजक खेलकुद महासंघ वडा–८ कमिटी र वडा–२ लाई २३ रनले हराउँदै वडा–९ ले फाइनलमा भेट पक्का गरेका थिए । नेपाल खेलकुद महासंंघ ८ नम्बर वडा कमिटीको आयोजनामा प्रतियोगितामा १९ टिमको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*