सेमिफाइनल पुगे पोताला र पदमपोखरी

साझाकुरा
२०८१ आश्विन ८, मंगलवार १०:१८

हेटौंडा-जारी जिल्ला लिग फुटबल प्रतियोगितामा एफसी पोताला र पदमपोखरी युवा क्लव सेमिफाइनल प्रवेश गरेको छ । सोमबार भएको क्वाटरफाइनलबाट पोतालाले न्यू कम्बाइन क्लवलाई र पदमपोखरीले सक्षम युवा क्लव नेवारपानीलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।पहिलो क्वाटरफाइनलमा पोतालाले कम्बाइनलाई २–१ ले हराएको हो । यद्यपी नियम विपरितको खेलाडी खेलाएको भन्दै कम्बाइनले पोतालाको विरुद्धमा उजुरी दर्ता गराएको छ । यस विषयमा निर्णय हुनै बाँकी रहेको छ । दोस्रो खेलमा पदमपोखरीले सक्षमलाई सडनडेथमा हराउँदै अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि सडनडेथमार्फत् विजेताको छिनोफानो गरिएको हो ।

पदमपोखरीको तर्फबाट सोमबहादुर स्याङ्तान, रजक थिङ र विजेश तितुङको प्रहार गोल हुँदा शुकराज घिसिङ, इमामी मोक्तान र मदन थिङले गोल गर्न सकेनन् । सक्षमका निश्चल घलान र सन्देशलामाको प्रहार मात्रै गोल भएको हो । विकल उप्रेती, सविन गिरी, विशाल तामाङ र राज थिङको प्रहार गोल हुन सकेन । जारी प्रतियोगितामा मंगलबार पनि क्वाटरफाइनल चरणको दुई खेल हुनेछ ।पहिलो खेल गोर्खा ब्वाइज क्लव हेटौंडा र सहीदस्मृति क्लव बागमती गाउँपालिकाको बीचमा हुनेछ भने दोस्रो खेलमा हाँडीखोला यूथ क्लव मनहरी गाउँपालिका र साविक विजेता न्यू डाँफे क्लव खेल्नेछ । यहीअसोज १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले एकलाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*