कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक दसैंको मुखैमा बन्द

साझाकुरा
२०८१ आश्विन ९, बुधबार ०९:४३

हेटौंडा-हेटौंडा–काठमाडौं छोटो दूरीको वैकल्पिक कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकमा १२ दिन सवारी सञ्चालनमा रोक लगाइएको छ । दक्षिणकाली नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै मंगलबारदेखि यो सडकमा १२ दिन सवारी आउजाउमा रोक लगाएको हो ।दक्षिणकाली–छैमले खण्ड कालोपत्रे कार्य सुरु गर्ने भएकोले सवारी आवागमनमा रोक लगाएको सूचनामा उल्लेख छ । नगरप्रमुख मोहन बस्नेतका अनुसार कालोपत्रे कार्य अगाडि बढाउनका लागि सडकमा सवारीचापका कारणले कठिनाइ भएकाले यो सडक खण्डमा गुड्ने सवारीसाधनलाई असोज ८ गतेदेखि १९ गतेसम्म (१२ दिन) रोक लगाइएको हो । दसैंको मुखैमा सडक अवरुद्ध हुँदा यात्रुको चाप अन्य सडकमा बढ्ने भएको छ ।

नगरपालिकाले यो सडक बन्द भएकाले सवारी साधनलाई वैकल्पिक मार्गबाट डाइभर्सन गराउन जिल्ला प्रशासन कार्यालय काठमाडौं र मकवानपुरलाई समन्वयका लागि आग्रह गरेको छ । यो सडक राजधानी पूर्वाधार विकास विशेष आयोजना, हेटौंडाअन्तर्गत ठेक्का लगाएर निर्माण कार्य भइरहेको छ । वाग्मती प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको यो सडक प्रादेशिक सडक गुरुयोजना अन्तर्गतको प्रदेश लोकमार्ग कायम गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*