एनएमबि बैंकको खेतीकर्जा बागमती गाउँपालिकामा

साझाकुरा
२०८१ आश्विन ९, बुधबार १०:१५

हेटौंडा- एनएमबि बैंक लिमिटेड, डिभी एक्सेलस प्रालि (खेतीएप) र मकवानपुरको बागमती गाउँपालिकाबीच सम्झौता भएको छ । गाँउपालिकामा रहेका किसान तथा कृषिब्यवसायमा संलग्न ब्यक्तिलाई एनएमबि डिजिटल कर्जा (खेतीकर्जा) प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको हो ।सम्झौतापत्रमा बैंकको तर्फबाट लघुवित्त तथा एमएसएमई प्रमुख डा. बुद्धि मल्ल, डिभी एक्सेलसका तर्फबाट सह–संस्थापक न्यूराज कार्की र गाँउपालिका अध्यक्ष सर्केश घलान ‘मधु’ ले हस्ताक्षर गरेका छन् । एनएमबि बैंक र डिभी एक्सेलस प्रालिबीच खेतीएपमार्फत किसान तथा कृषिव्यवसायमा संलग्न ब्यक्तिलाई पूर्णरुपमा डिजिटल कर्जा प्रदान गर्नको लागि सम्झौता भएको हो ।

सम्झौताबमोजिम एनएमबि खेतीकर्जा प्रदान गर्दै आइरहेको बागमती गाउँपालिकाले कृषिब्यवसायमा संलग्न ब्यक्तिलाई डिजिटल कर्जामार्फत उनीहरुलाई कर्जा लगानी सहज बनाएर कृषकको आर्थिक अवस्था सुदृढ गर्नको लागि तीनै वटा संस्था मिलि वित्तीयसाक्षरता कार्यक्रम संचालन गर्ने, ऋण प्राप्त गर्न योग्य किसानलाई कर्जाको लागि सहजीकरण गर्ने, ऋणीलाई अन्य बिभिन्न खालका परामर्श सेवाप्रदान गर्ने तथा कर्जा असुलीमा पनि सहयोग गर्ने जस्ता विषयमा सहमति भएको बताइएको छ ।

कार्यक्रममा गाँउपालिका अध्यक्ष घलानले किसानलाई कृषि व्यवसायमा उत्प्रेरित गर्नको लागि विभिन्न कार्यक्रम गरिरहेको र आफूले भरसक अझै बढी सहयोग गरेर कृषि व्यवसायलाई आधुनिकीकरण गर्ने र कृषिव्यवसायद्वारा ऋणीलाई वित्तीय अनुशासनमा रहेर व्यवसाय गर्न लगाई एउटा उदाहरणीय गाउँपालिका बनाउने प्रतिबद्धता ब्यक्त गरेका थिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष फणिन्द्र तिमल्सिना, वडाअध्यक्षहरु, कृषिअधिकृत लगायत अन्य अधिकृतको उपस्थिति रहेको थियो । अघिल्लो वर्ष बागमती र गण्डकी प्रदेशमा सुरु गरिएको एनएमबि खेतीकर्जा अब छिट्टै देशभर पु¥याउने तयारीमा लागिएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*