कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक २४ घण्टा नबित्दै खुलाइयो

साझाकुरा
२०८१ आश्विन १०, बिहीबार १२:१५

हेटौंडा- हेटौंडा–काठमाडौं छोटो दूरीको वैकल्पिक कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक सञ्चालनमा रोक लगाउने भनिएको २४ घण्टा नबित्दै खुला गरिएको छ ।सडक कालोपत्र गर्नका लागि मंगलबार अर्थात् असोज ८ गतेदेखि १९ गतेसम्म १२ दिन सवारीसाधन आवतजावतमा रोक लगाउने निर्णय गरिएको थियो । दसैंको पूर्वसन्ध्यामा सवारीसाधनमा सञ्चालनमा रोक लगाउँदा विभिन्न किसिमको समस्या हुने भएकाले सडक कालोपत्रको काम स्थगित गरेर सवारीसाधनको आउजाउ खुला गरिएको बताइएको छ ।

दक्षिणकाली नगरपालिकाले सडक कालोपत्र गर्ने कार्य अहिलेलाई स्थगित गरेर सवारीसाधनमा सञ्चालनमा रोक नलगाइएको जनाएको छ । दक्षिणकाली–छैमले खण्ड कालोपत्र गर्न १२ दिन सवारी आवागमनमा रोक लगाइने सूचना नगरपालिकाले जारी गरेको थियो ।नगरप्रमुख मोहन बस्नेतका अनुसार दसैंअघि कालोपत्र गर्दा यात्रुलगायत स्थानीयवासीलाई पनि समस्या हुने भएकाले अहिलेलाई कालोपत्र गर्ने काम स्थागित गरिएको बताए । यो सडक राजधानी पूर्वाधार विकास विशेष आयोजना, हेटौंडाअन्तर्गत ठेक्का लगाएर निर्माण कार्य भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*