मकवानपुर र चितवनका कंक्रिट व्यवसायीलाई तालिम

साझाकुरा
२०८१ आश्विन १०, बिहीबार १२:१९

हेटौंडा- उर्जामैत्री भवन निर्माणमा स्थानीय सरकारसँग समन्वय गर्दै काम थालेको बिन (बिल्डिङ इनर्जी इफिसेन्सी इन नेपाल) परियोजनाले हेटौंडामा काम सुरु गरेको छ ।स्थानीय पालिकासँगको साझेदारीसँगै परियोजनाले मकवानपुर र चितवनमा रहेर कंक्रिटका सामान उत्पादन गर्ने निर्माण व्यवसायीका लागि तीनदिने तालिम सञ्चालन गरेको हो । हेटौंडा उपमहानगरपालिकासँगको समन्वयमा सोबारदेखि सञ्चालन भएको तालिममा परियोजनाले निर्माण व्यवसायीलाई हलुका र वातावरणअनुकुल सामग्री निर्माण, बलियो र उर्जाखपत हुने सामग्रीसँगै कसरी आकर्षक सामग्री बनाउँने बारे जानकारी सहितको तालिम सञ्चालन गरिएको हो ।

बुधबार हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाले तालिमाको समापन गरेकी हुन् । तालिमको समापन गर्दै नगरप्रमुख लामाले समयअनुसारको सामग्री उत्पादनमा ध्यान दिन आग्रह गरिन् । हामीले घर निर्माण एकपटक गछौैं त्यहाँ प्रयोग हुने सामग्री कस्तो हुनुपर्ने भन्ने जानकारी नहँुदा समस्या पर्ने गरेको उनले बताइन् । घर वा पूर्वाधार निर्माणको क्रममा प्रयोग भएका सामग्रीको अवस्थालाई मध्यनजर गर्दै सामग्री उत्पादन गर्न व्यवसायीलाई सुझाव दिइन् । उनले वातावरण रस्वास्थ्यका दृष्टिकोणमा उर्जामैत्री भवन निर्माण गर्नु राम्रो हुने बताइन् ।

तालिम समापनमा हेटौंडा उपमहानगरपालिका भवन इजाजत शाखाका प्रमुख इन्जिनियर उद्धब रिमालले भवन निर्माण उर्जामैत्री प्रभावकारी भवन निर्माण गर्ने भनेर सम्झौता भएको र सोही अनुसार उपमहाननगर अघि बढेको बताए । उपमहानगरले उर्जा प्रभावकारी भवन निर्माण स्वीकृतिसम्बन्धी कार्यबिधि–२०८१ पारीत गरेर अघि बढ्ने तयारी गरेको जानकारी दिए । कार्यबिधि लागू भएको एकवर्षको अवधिमा उर्जा प्रभावकारी भवन निर्माण स्वीकृतिका लागि आउनेका लागि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको जानकारी दिए ।

तालिममा चितवन ब्लक उद्योगका अध्यक्ष इश्वरीप्रसाद रिजालले भवन निर्माणका क्रममा अहिलेसम्म प्रयोग भएका सामग्री समयअनुसार नभएको बारे जानकारी पाएको बताए । उनले अब वातावरण अनुकुलका सामग्री उत्पादन र प्रयोगमा लाग्नका लागि जानकारी दिएको बताए । उनले कसरी बलियो र कम उर्जा खपत गरी सामग्री निर्माण गर्ने भन्ने विषयमा जानकारी पाएको र भोलिका दिनमा कंक्रिट हलो व्लक उत्पादनको बारे बुझेको बताए ।

बिन परियोजना हेटौंडाका अस्मिता श्रेष्ठको अध्यक्षतामा भएको तालिम समापनमा इन्जिनियर सन्तोष रानाले सहजिकरण गरेका थिए । तालिममा चितवनका भरतपुर, रत्नगर, मकवानपुरको हेटौंडा, मनहरी र जीतपुर सिमराका कंक्रिट व्यवसायी गरी १७ जनाको सहभागिता रहेको कार्यक्रमसंयोजक श्रेष्ठले जानकारी दिइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*