नकौंलीमा निःशुल्क आँखा शिविर सञ्चालन

साझाकुरा
२०८१ आश्विन १०, बिहीबार १२:२१

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–१ नकौलीमा निःशुल्क आँखाशिविर सञ्चालन भएको छ । हेटौंडा सामुदायिक आँखा अस्पतालको प्रबिधिक सहयोग तथा हेटौंडा उपमहानगरपालिका–१ वडा कार्यालयको आयोजनामा शिविर सञ्चालन भएको हो ।शिबिरमा अस्पतालले क्योर व्लाइडनेस परियोजना अन्तरगत नकौली सहरी स्वास्थ्यकेन्द्र बाझोडाँडामा सञ्चालन गरेको शिबिरमा १ सय ४० जनाको आँखा परीक्षण गरिएको थियो ।

शिबिरमा आँखा जाँच गर्न आएकामध्ये १३ जनामा मोतियाबिन्दु र १ जनामा जलबिन्दु फेला परेको स्वास्थ्यकेन्द्रका इन्चार्ज अहेब प्रतिमा घलानले जानकारी दिइन् । मोतियाबिन्दु र जलबिन्दु देखिएकाहरुको बिहीवार समुदायीक आँखा अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइएको वडाअध्यक्ष सबिन न्यौपानेले जानकारी दिए ।

१ नम्बर वडाअध्यक्ष न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगर कार्यपालिका सदस्य ईश्वरी रसाईली, १ नम्बर वडासदस्यद्वय मनु दाहाल र सोनामसिं ब्लोनको आतिथ्यता रहेको थियो । शिबिरमा आँखा अस्पतालका तर्फबाट अप्थाल्मिक अफिसर रिना खड्गी, नेत्रसहायक धर्मराज यादव, आँखा स्वास्थ्य कार्यकर्ता अचला शर्माले आँखा जाँचका लागि आएकाहरुको परीक्षण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*