जिल्लास्तरीय चौथो स्क्रयाबल च्याम्पियनसीप

साझाकुरा
२०८१ आश्विन १०, बिहीबार १२:३८

हेटौंडा- मकवानपुर जिल्लास्तरीय चौथो स्क्रयाबल च्याम्पियनसीप बुधबार हेटौँडामा सम्पन्न भएको छ । स्क्रयाबल क्लब मकवानपुरको आयोजना तथा हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कुलको प्रायोजनमा प्रतियोगिता भएको हो ।प्रतियोगितामा मकवानपुरका २३ वटा विद्यालयबाट ४६ जना विद्यार्थी सहभागी भएका छन् । प्रतियोगितामा ६ वटा सामुदायिक तथा १७ वटा निजी विद्यालयका विद्यार्थी सहभागी छन् । एउटा विद्यालयबाट दुईजना विद्यार्थी सहभागी हुने व्यवस्था मिलाइएको थियो ।

बालजागृति इंग्लिस सेकेण्डरी स्कुलको सञ्चालक समितिका अध्यक्ष दिनेशप्रसाद भण्डारीको सभाध्यक्षता तथा २ नम्बर वडाका अध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यमा उद्घाटन भएको हो । प्रतियोगितामा बालजागृति इङ्लिस बोडिङ सेकेण्डरी स्कुलका आरुश राजथला प्रथम भएका छन् । त्यसैगरी बालजागृति इङ्लिस बोडिङ सेकेण्डरी स्कुलका श्रीसुम श्रेष्ठ द्वितीय भएका छन् ।सुनगाभा शिक्षानिकेतन इङलिस स्कुलका अमोघ चौलागाई तृतीय भएका छन् ।

भुटनदेवी माध्यमिक विद्यालयका प्रशान्त साह चौथो भएका छन् । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदीप गिरी, वडा सदस्य सुरज बर्तौला, ईन्द्रप्रसाद रिजाल, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन) का केन्द्रीय समिति उपाध्यक्ष उमेश श्रेष्ठ, जिल्लाअध्यक्ष विनोद सुवेदी, स्क्राबल क्लब मकवानपुरका अध्यक्ष बिवशजंग थापाको आतिथ्य रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*