थारु महिलाको पर्व जितियाको समापन

साझाकुरा
२०८१ आश्विन ११, शुक्रबार ०८:३६

हेटौंडा-थारु महिलाको महान पर्व जितियाको समापन गरिएको छ । तीन दिनदेखि उपबास बसेका उनीहरुले बिहीबार हेटौंडाको फरेष्ट्री क्याम्पसमा औपचारीक कार्यक्रम गर्दै १५ औं जितिया समापन गरेका हुन् ।थारु महिलासभाको आयोजनामा भएकोे जितिया समापनको हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाले उद्घाटन गरेकी हुन् । नगरप्रमुख लामाले बिभिन्न जातजातिको बसोबास रहेको हेटौंडा उपमहानगरपालिकामा कला र संस्कृतिको जगेर्नाका लागि नगरले काम गरिरहेको बताइन् । भूमिपुत्रको रुपमा मानिने थारु समुदायको संस्कृतिको जगेर्ना गर्न उपमहानगरले भूमिका खेलिरहेको भन्दै अब महिलाहरु आर्थिकरुपमा सबल बन्न जरुरी रहेको बताइन् ।

नगरप्रमुख लामाले थारु महिलामा रहेको सीपलाई आर्थिक रुपमा अघि ल्याउन जरुरी रहेको औंल्याइन् । उनले आयआर्जनमा जोडिएर अघि बढ्न सके आफ्नै खुट्टामा उभिने वातावरण तयार हुने बताइन् । महिलाले उत्पादन गरेको सामग्रीलाई बजारीकरण गर्न उपमहानगरले कोशेली घर सञ्चालन गरिरहेको भन्दै सीपमा जोडिन सुझाव दिइन् ।थारु महिला कल्याणकारी सभा मकवानपुरका अध्यक्ष भगवती चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सभाकी केन्द्रीय सदस्य जानकी चौधरी, थारु कल्याणकारी सभा मकवानपुरका अध्यक्ष सचिदानन्द चौधरी, सल्लाहकार हरिलाल चौधरी, थारु विद्यार्थीसभाका सदस्य दीपिका चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संस्कृति, भाषा जगेर्नाका लागि थारु बिवाहित महिलाले जितिया पर्व मनाउर्दै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*